आयकरको तेस्रो किस्ता असार मसान्तसम्म बुझाउन विभागको ताकेता

२८ असार, काठमाडौं । आन्तरिक राजस्व विभागले आयकरको तेस्रो किस्ता वापतको कर तथा विवरण असार मसान्त भित्र बुझाउन करदातालाई ताकेता गरेको छ । विभागले एक सूचना निकाल्दै आयवर्ष २०७८/७९ को आयकरको अनुमानित कर र सो को विवरणको तेस्रो किस्ता वा शतप्रतिशत रकममध्ये तिर्न बाँकी कर असार मसान्त भित्रै बुझाउन विभागले सूचित गरेको हो । १ […]

सम्बन्धित सामग्री

असार मसान्त भित्रै तेस्रो किस्ताको कर तिर्न सरकारको आग्रह

सरकारले आयकरको तेस्रो किस्ता वापतको कर तथा विवरण दाखिला असार मसान्त भित्र नै गर्न ताकेता गरेको छ । अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजश्व विभागले आर्थिक वर्ष ७७/७८ को आयकरको तेस्रो किस्ता वापतको कर तथा विवरण दाखिला असार मसान्त भित्र नै गर्न आग्रह गरेको हो । विभागले  आयकर ऐन, २०५८ (सं.स.) को दफा ९४ को उपदफा (१) वमोजिम आय बर्ष २०७८/७९ को आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरूले दफा ९५ वमोजिम आय वर्ष २०७८/७९ को कारोवारको अनुमानित करको विवरण र सो विवरण अनुसार तिर्नुपर्ने आयकरको तेस्रो किस्ता वा सतप्रतिशत रकम मध्ये तिर्न बांकी कर रकम यहि २०७९ असार मसान्तभित्रै तिर्न आग्रह गरेको हो । विभागले ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा सम्वन्धित आन्तरिक राजस्व करदाता सेवा कार्यालयमा कर दाखिला गर्न भनेको छ ।सूचनामा भनिएको छ ' आयकर ऐन, २०५८ (सं.स.) को दफा ९४ को उपदफा (१) वमोजिम आय बर्ष २०७८/७९ को आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरूले दफा ९५ वमोजिम आय वर्ष २०७८/७९ को कारोवारको अनुमानित करको विवरण र सो विवरण अनुसार तिर्नुपर्ने आयकरको तेस्रो किस्ता वा सतप्रतिशत रकम मध्ये तिर्न बांकी कर रकम यहि २०७९ असार मसान्तभित्रै ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा सम्वन्धित आन्तरिक राजस्व करदाता सेवा | कार्यालयमा दाखिला गर्नुहुन जानकारी गराइएको छ ।'