७ माघ, चितवन । सुख्खा पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिङ सडकखण्ड झण्डै १० घण्टापछि खुलेको छ । पहिरो पन्छाएपछि आज बिहान ११ बजेदेखि दुई तर्फी बाटो खुलेको हो । इच्छाकामना गाउँपालिका–६ मा पर्ने कालीखोला टोपो खोला नजिक पहिरो खसेर आज बिहान साढे २ बजेदेखि सडक अवरुद्ध भएको थियो । लामो समयसम्म गाडी जाम भएकाले अहिले सो […]