राधी विद्युत कम्पनीको सेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले राधी विद्युत कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । १४७.५२ प्रतिशत हकप्रद सेयर जारी गरेको कम्पनीको सेयर मूल्य नेप्सेले आज समायोजन गरेको हो ।समायोजनपछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता २८१.४० रुपैयाँ कायम भएको छ ।नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम सेयर मूल्यबाट १४७.५२ प्रतिशत हकप्रद सेयरको मूल्य समायोजन गरेको हो । गत साताको शुक्रबार कम्पनीको अन्तिम सेयर मूल्य ५०० रुपैयाँ थियो । यही मूल्यबाट नेप्सेले आज समायोजना गर्दै प्रतिकित्ता २८१ रुपैयाँ कायम गरेको हो ।