काठमाडौँ – सर्वोच्च अदालतमा बुधबारदेखि पेशी तोक्न गोलाप्रथा प्रणालीको सुरु भएको छ। फूल कोर्ट बैठकले सर्वोच्च अदालत नियमावली संशोधन गरेर गोला प्रथाबाट पेशी तोक्ने व्यवस्था गरेपछि बुधबारदेखि कार्यान्वयनमा आएको हो। अब न्यायाधीशहरुले इजलास बस्नुअघि गोलामार्फत आफ्नो इजलासमा बस्ने न्यायाधीश र मुद्दाको सूची पाउन दुईपटक गोला तान्नुपर्नेछ। गोला (राफल प्रणाली) लागू भएसँगै अब प्रधानन्यायाधीशको स्वविवेक वा […]