दशैं मनाउन विदामा घर पुगेका सैनिक जवानको करेन्ट लागेर मृत्यु

पाँचथरः तेह्रथुमको आठराई गाउँपालिकामा करेन्ट लागेर एक सैनिक जवानको मृत्यु भएको छ। नेपाली सेनाको सिरहास्थित शेर गणमा कार्यरत तेह्रथुमको आठराई गाउँपालिका–५ होडाका २६ वर्षीय राजन बराइलीको हिजो साँझ करेन्ट लागेर ज्यान गएको हो। आफ्नै घरअगाडि रहेको बिजुलीको ट्रान्समिटरबाट आफूखुशी कालो तार जोड्ने क्रममा करेन्ट लागेर बराइली जमिनमा पछारिएका

सम्बन्धित सामग्री

पाल्पामा करेन्ट लागेर मृत्यु

पाल्पामा घर बनाउने काममा खटिएका एक  मिस्त्रीको करेन्ट लागेर मृत्यु भएको छ ।तानसेन नगरपालिका वडा नम्बर ४ शिलखानटोलमा घर बनाउने क्रममा करेन्ट लागेर खोटाङ जिल्लाको जन्ते ढुङ्गा गाउँपालिकाका ३४ वर्षीय महेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।स्थानीय झविन्द्र देवकोटाको घर बनाउने क्रममा  करेन्ट लागेपछि उनलाई मिसन अस्पताल तानसेन लगिएको थियो । तर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पामा प्रवक्ता डीएसपी वीरेन्द्र थापाले बताए । प्रहरीले घटनाबार

करेन्ट लागेर मृत्यु

काठमाडौँ,१० भदौ । मोरङको विराटनगर महानगरपालिका–१ का ५५ वर्षीय लालबिहारी कामतको करेन्ट लागेर मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका–११ मा रहेको कपडा उद्योगमा मेसिन चलाउने क्रममा अचानक करेन्ट लागेर घाइते भएका कामतको उपचारको क्रममा विराटनगरस्थित कोसी अस्पतालमा मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

करेन्ट लागेर मृत्यु भएको युवाको शव बुझे आफन्तले

चरिकोट । दोलखाको भीमेश्वर नगरपालिका–५ तामाकोसीमा करेन्ट लागेर मृत्यु भएका व्यक्तिको शव आज आफन्तले बुझेका छन् । बिहीबार दिउँसो तामाकोसी बजारमा तार मर्मत गर्ने क्रममा नेपाल विद्युत् प्राधिकरणमा कार्यरत कर्मचारी महोत्तरी जिल्ला डाँडा गाउँ गाउँपालिका–२ का २० वर्षीय असल्ल अन्सारीको करेन्ट लागेर मृत्यु भएको थियो । नेपाल विद्युत् प्राधिकरणको लापरबाहीका कारण प्राधिकरण मै कार्यरत कर्मचारीको […]

करेन्ट लागेर मृत्यु

तनहुँ : व्यास नगरपालिका–१ का ओमबहादुर नेपालीको करेन्ट लागेर मृत्यु भएको छ। छाब्दीखोलाबाट मोटरपम्प जोडेर पानी तान्ने क्रममा करेन्ट लाग्दा नेपालीको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।६८ वर्षीय ओमबहादुर नेपाली कांग्रेस व्यास नगरपालिका–१ का वडा सदस्य हुन्। तरकारी बारीमा सिँचाइ गर्न पानी तान्ने क्रममा करेन्ट लागेको खड्काले बताए।

करेन्ट लागेर मृत्यु भएको भनिएका व्यक्तिको हत्या भएको आशंका

बैतडी । गत आइतबार करेन्ट लागेर मृत्यु भएको भनिएका दार्चुलाको बसरका ३५ वर्षीय प्रेम महराको हत्या भएको आशंका गरिएको छ ।  जिल्लाको मार्मा गाउँपालिका- ४ बिम्थी बसर बस्ने महराको वडा नं.- २ को लामबगरस्थित गणेशसिंह बिष्ट र शेरसिंह बिष्टको घरमा ढलान गर्ने क्रममा मृत्यु भएको थियो । उनको योजनाबद्ध तवरले हत्या गरिएको आशंका रहेको मृतकका भतिज […] The post करेन्ट लागेर मृत्यु भएको भनिएका व्यक्तिको हत्या भएको आशंका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

विद्यार्थी नेता अधिकारीको करेन्ट लागेर मृत्यु

हेटौंडा : मकवानपुरका विद्यार्थी नेता गिरिजा अधिकारीको करेन्ट लागेर मृत्यु भएको छ। हेटौंडा–१७ का २५ वर्षीय अधिकारीको करेन्ट लागेर मृत्यु भएको हो। गाउँमा सडक विस्तारको क्रममा घरको विद्युतीय तार मिलाउने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए।घर अगाडीको पोलमा विद्युतीय तार मिलाउन चढेका उनलाई करेन्ट लागेको हो। उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए।नेकपा (माओवादी के‍न्द्र)&n

दाङमा २२ बर्षीया युवतीको करेन्ट लागेर मृत्यु

आइतबार बिहान दाङमा एउटी २२ वर्षीया युवतीको करेन्ट लागेर मृत्यु भएको छ । आइतबार बिहान जिल्लाको दंगीशरण गाउँपालिका–७ बुटिनिया बस्ने २२ वर्षीया प्रमिला चौधरीको करेन्ट लागेर  मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरमा पानीको मोटर चलाउने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बर्दियामा ६ वर्षीय बालकको करेन्ट लागेर मृत्यु

बर्दियाको गेरुवा गाउँपालिका–२ पाताभार मा ६ बर्षीय बालकको करेन्ट लागेर मृत्यु भएको छ । स्थानीय अनिल थारुका ६ बर्षीय छोरा दिपने थारुको घरदेखि करिव  ६ सय मिटर दुरीमा पर्ने सडकमा लत्रिएको विद्युतको तारले छुँदा करेन्ट लागेर मृत्यु भएको  हो । प्रहरीले घटनाबारे थप अनुसन्धान भई रहेको  जनाएको छ ।

लाइट चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु

लमजुङ । लमजुङमा आफ्नै घरमा विजुलीको करेन्ट लागेर एक महिलाको निधन भएको छ । राईनास नगरपालिका– ८ हर्राबोट डौलिया डाँडाकी ४५ वर्षीया महिलाले विद्युतीय सामग्री चार्ज गर्ने क्रममा करेन्ट लागेर घट्नास्थलमै निधन भएको प्रहरीले जनाएको छ । डौलियाडाँडा, पांग्रेफाँटकी ४५ वर्षीया कृष्णकुमारी भुजेलले आफ्नै घरमा लाईट चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेपछि उनको घटनास्थलमै निधन […] The post लाइट चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

रामजानकी मठका पुजारीको करेन्ट लागेर मृत्यु

रामजानकी मठका एक पुजारीलाई करेन्ट लाग्दा मृत्यु भएको छ । सर्लाहीको विष्णुपुर गाउँपालिका वडा नम्बर ८ बस्ने ६० वर्षिय पुजारी किशोरी दास वैरागीको करेन्ट लागेर मृत्यु भएको हो ।पुजारी वैरागीको भजन किर्तनको लागि मन्दिरको बरन्डामा माइकको तार जोड्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।पुजारी वैरागी बसवरिया गाउँपालिका वडा नम्बर ६ स्थित सोहडवामा रहेको रामजानकी मठमा विगत ४५ वर्ष देखि पूजापाठ गर्दै आएका थिए ।करेन्ट लागेर मृत्यु भएका पुजारीको शवलाई