काठमाडौं। देशका ७७ मध्ये ७३ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। जिल्लाहरुमा कोरोना भाइरस संक्रमतिको संख्या बढेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको गृह मन्त्रालयले जनाएको छ। हाल निषेधाज्ञा जारी गरिएका जिल्लाहरुमध्ये ६ जिल्लामा आंशिक र ६७ जिल्लामा पूर्ण निषेधाज्ञा लगाइएको छ। निषेधाज्ञा जारी गरिएका जिल्ला र स्थानहरुमा अत्यावश्यक सेवा र पास लिएका बाहेक अन्य सवारी साधनको आवागमनलाई निषेध गरिएको छ।