काठमाडौं। कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न आजबाट थप सात जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। गृह मन्त्रालयका अनुसार आजबाट निषेधाज्ञा जारी भएका जिल्लामा बैतडी, अर्घाखाँची, ताप्लेजुङ, रामेछाप, स्याङ्जा, बझाङ र बर्दिया रहेका छन्। आजसम्म देशभर ४१ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ, जसमध्ये २९ मा पूर्ण र १२ जिल्लामा आंशिक निषेधाज्ञा जारी गरिएको छ।