आज असार १५ अर्थात धान दिवस । ‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मुल नाराका साथ धान दिवस मनाइँदै छ ।धान दिवसको अवसर पारेर कर्णालीमा बुधबार सार्वजनिक बिदासमेत दिइएको छ । तर अर्गानिक प्रदेशका रुपमा चिनिएको कर्णालीमा अहिलेसम्म जम्मा २८ प्रतिशतमात्र धान रोपाइँ भएको छ ।विगतका वर्षहरुमा मध्य असारसम्म आधा रोपाइँ भइसक्थे, तर यो पटक समयमै मनसुन सक्रिय नहुँदा धान रोपाइँ ढिला भइरहेको छ । कर्णालीमा २५ लाख २५ हजार २७६ हेक्टर क्षेत्रफल जमिनमध्ये २ लाख ९९ हजार ३३९ हेक