असार १५ मा रोपाइँ छाडेर मलको लाइनमा किसान

असार १५ लाई मानो रोपेर मुरी फलाउने दिनको रूपमा परिभाषित गरिन्छ । तर, चितवनका किसान यो दिनमा पनि मलको आसमा लाइनमा बस्न बाध्य भए ।  सरकारले मलको अभाव नहुने बताउँदै आए...

सम्बन्धित सामग्री

असार १५-धान दिवस: नेतालाई रमाइलो, किसानलाई पिरलाे

चितवन, असार १६ । चितवनमा शुक्रबार शीर्ष नेताहरू धान रोप्न व्यस्त रहें। बिहानको शीतलतासँगै उनीहरूमा छुट्टै उत्साह थियो। धान दिवसलाई प्राथमिकतामा राखेर पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र बाबुराम भट्टराई तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछाने रोपाइँका लागि चितवन आएका थिए। बाजागाजासहित उनीहरू रोपाइँमा व्यस्त रहे। हिलो खेल्दै रमाइरहेका नेताहरूमा उत्साह देखिए पनि उनीहरूसँगै रोपाइँ गरिरहेका अन्य किसान […]

देशभर असार १५ को रमझम : शीर्ष नेतादेखि विद्यार्थीसम्म धान रोपाइँमा (फोटो फिचर)

काठमाण्डाै - असार १५ को अवसरमा ठाउँठाउँमा रोपाइँ महोत्सव भइरहेको छ । किसान मात्रै होइनन्, राजनीतिक दलका शीर्ष नेता, मन्त्री, कार्यकर्ता, कर्मचारीदेखि विद्यार्थीसम्म रोपाइँको रमझममा जुटेका छन् । पश्चिमका धेरै ठाउँमा पानी नपरेर रोपाइँ हुन नसके पनि पानी परेका ठाउँमा हर्षोल्लासकासाथ रोपाइँ भइरहेको छ ।  देशका विभिन्न ठाउँमा भएका रोपाइँ महोत्सवका केही तस्बिरहरु : दाङकाे लमही नगरपालिका–६ मध्यनगरमा धान रोप्न हिङ्गाले हिलो सम्याउँदै कृषक । गोरु नहुनेहरू धा...

रोपाइँमा व्यस्त हुन थाले भक्तपुरका किसान (फोटो)

काठमाडौं : असार शुरु भएसँगै काठमाडौं उपत्यकासहित देशभर किसानहरु रोपाइँमा व्‍यस्त हुन थालेका छन्।काठमाडौं उपत्यकाका काँठ क्षेत्रमा धान रोपाईंमा यतिबेला किसानहरु ब्यस्त हुन थालेका हुन्। भक्तपुरको निकोसेरामा पनि यतिबेला किसानहरु धान रोप्न ब्यस्त छन्। उनीहरु जेठका अन्तिममै धान रोप्नका लागि पर्याप्त पानी परेकाले रोपाईंमा ब्यस्त भएको बताउँछन्।सामान्यतया असार १५ बाट रोपाइँ सुरु हुने भए पनि असारको पहिलो सातादेखि नै किसानहरु रोपाइँको चटारोमा छन्। विगतका वर्षमा असारको पहिलो सातापछि मात्रै रोपाइँ सुरु

मानो रोपेर मुरी फलाउने धान रोपाइँका ७ तस्बिर

काठमाडौँ : असार १५ को दिन विभिन्न ठाउँमा धान रोपाइँ गरेर मनाइएको छ । धान रोपाइँमा धेरैजसाले धान रोपाइँको फोटो फेसबुकमा हाल्नैका लागि पनि धान रोपाइँ गर्न खेतसम्म पुगेका छन् । तर वास्तविक किसान जो बाह्रैमास धान रोप्छन्, उनीहरु भने अहिले पनि मल र पानीविना पर्याप्त धान रोपाइँ नभएको चिन्ता व्यक्त गरिहेका छन् । सरकारी […]

असारे भाकामा गीत गाउँदै रोपाइँमा रमाए देशभरका किसान

काठमाडौं : आज देशभर धान दिवस मनाइएको छ। धान रोपाइँ गरेर आज देशभर धान दिवस मनाइएको हो। मानो रोपेर मुरी फलाउने सिजन भएकाले पनि रोपाईँको रौनकलाई असार १५ मा विशेष रुपमा लिइन्छ। आजको दिनलाई दहीसँग चिउरा खाने दिनका रुपमा पनि लिइन्छ। आजको दिनमा असारे भाकामा गीत गाउँदै धान रोप्ने चलन…

ओलीले गरे आधुनिक मेसिनबाट धान रोपाइँ (फोटोफिचर)

काठमाडौं, १५ असार । आज असार १५ । राष्ट्रिय धान दिवसको विशेष अवसरमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरमा आधुानिक मेसिनबाट धान रोपाइँ गरेका छन् । अखिल नेपाल किसान संघले सुर्य बिनायक नगरपालिकाको सिरुटारमा आयोजना गरेको रोपाई महोत्सवमा ओलीले मेसिनबाट धान रोपेका हुन् । उनीसँगै पत्नी राधिका शाक्य पनि महोत्सवमा सहभागी […]

धान दिवसमा युवासंघको रोपाइँ जात्रा (फोटो)

काठमाडौं : प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसको अवसरमा  नेकपा एमालेनिकट भ्रातृ संगठन (युवसंघले) रोपाइँ कार्यक्रम गरेको छ।ललितपुरको बुङमतीमा आयोजना गरिएको रोपाइँ जात्रा कार्यक्रममा विभिन्न नेता कार्यकर्ताहरू उपस्थित थिए।विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो।किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोर

मलबिनै धान रोपाइँ गरिँदै

काठमाडौं, असार १५ । मध्य असारपूर्व नै लगातार पानी परिरहेपछि महोत्तरीमा किसान धान रोपाइँमा लागेका छन् । कैयौं दिन कुर्दा पनि नजिकका आफ्ना बजार र कृषि सहकारीमा खाद (रासायनिक मल) नपाएपछि किसान परेको पानी खेर जान नदिन भन्दै रोपाइँमा लागेका हुन् । पछिल्ला पाँच–छ दिनयता दिनहुँजसो पानी परिरहेपछि किसानको रोपाइँमा व्यस्तता बढेको हो । यसअघि […]

दही च्यूरा खाएर मनाइयो असार १५

दही च्यूरा खाएर मनाइने सांस्कृतिक परम्परा आज मनाइएको छ । खेतमा रोपाइँ गरी दही च्यूरा खाएर मनाइने यो सांस्कृतिक परम्परा रोपाइँ शुरु हुन थाले पछिदेखि नै मनाउन थालिएको हो । असार मुठी रोपेर मुरी उमार्ने महिनाका रुपमा सदियौँदेखि लिइँदै आएको महिना हो । वि.सं २०६२ देखि भने यो दिनलाई राष्ट्रिय धान दिवसका रुपमा पनि मनाउन थालिएको छ ।किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । व्यस्त हुने महिनाको मध्यमा अर्थात् १५ गते दही च्यूरा खाएर धान दिवस मनाउने परम्परा नेपाली समाजमा चल्दै आएको छ ।

तस्वीर : असार १५ अर्थात् धान दिवस

झापाको कमल गाउँपालिका–७ बिष्णुकठ्ठाका किसान मंगलवार विहान धानको बीउ काड्दै। असार १५ अर्थात् राष्ट्रिय धान दिवस । यस वर्षको राष्ट्रिय धान दिवसको नारा : ‘धान उत्पादनमा वृद्धि खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ रहेको छ ।असारको मध्यसम्म आइपुग्दा देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । सोमवार साँझसम्म देशभर २७ दशमलव १२ प्रतिशत भूभागमा धान रोपाई भएको छ जुन अघिल्लो वर्षको भन्दा ८ प्रतिशतले कम हो । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि दही च्यूरा खाई असार १५ मनाउँछन् । तस्वीर : रासस