लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले बर्थिङ सेन्टर र बाल सघन उपचार कक्ष (पिआईसियु) सेवा सुरु गरेको छ । बिहीबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले सघन उपचार कक्षको उद्घाटन गरेका हुन् । अब गर्भवती महिलाले परिवारका सदस्यसँगै विशेषज्ञसहितको सुविधामा बर्थिङ सेन्टरमा बच्चा जन्माउने छन् ।