बिहानको मौसम सफा‚ बेलुकी केही ठाउँमा पानी पर्ने

काठमाडौं : आज देशका धेरैजसो स्थानको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। स्थानीय वायु र पश्चिमी वायुसँगै भित्रिएको जलवाष्पयुक्त वायुका कारण हिजो देशभर बदली भए पनि आज मौसम सुधारिने मौसमविद् विभूति पोखरेलले जानकारी दिइन्।प्रि-मनसुनको असरले पश्चिमी भेगमा बेलुकीपख हावाहुरी, मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको भने सम्भावना रहेको पोखरेलले बताइन्। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही पहाडी भू-भागमा मेघगर्जन‚ चट्याङ‚ हावाहुरीसहित क

सम्बन्धित सामग्री

आज पनि पश्चिम नेपालमा पानी पर्ने, भोलिदेखि मौसम सफा हुने

११ माघ, काठमाडौं । आज पनि देशका केही ठाउँमा वर्षा र हिमपात हुने भएको छ । पश्चिमी न्यून चापीय प्रभावका कारण मौसम बदली भएकोले पानी पर्ने सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशमा वर्षा र हल्का हिमपातको सम्भावना रहेको छ। बिहीबार र शुक्रबार भने आंशिकदेखि समान्यत बदली भए […]

काठमाण्डौसहित देशका धेरै ठाउँमा मौसम सफा, दिउँसोपख पानी पर्ने सम्भावना

काठमाण्डाै – अहिले काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम सफा रहेको छ । अहिले बिहान मौसम सफा रहे पनि दिउँसो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।  दिउँसो प्रदेश १, गण्डकी, मधेस र बाग्मती प्रदेशको केही ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आजको मौसम आंशिक बदली रहनेछ ।  अहिले प्रदेश १, मधेस, बाग्मती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ...

केही दिन देशका धेरै ठाउँको मौसम सफा रहने

काठमाण्डाै – अबकाे केही दिन देशका धेरै ठाउँको मौसम सफा रहनेछ । आउँदो शनिवारसम्म नै देशका धेरै ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् । स्थानीय वायुले केही ठाउँमा बदली भइ फाट्टफुट्ट पानी पर्ने सम्भावना रहे पनि मौसम धेरै बदली वा वर्षाको सम्भावना नरहेको मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो । शनिवारसम्म बाहिरी प्रणाली भित्रने सम्भावना नरहेको उहाँले बताउनुभयो । अहिले काठमाण्डौ उपत्यका लगायत धेरै ठाउँमा मौसम खुलेको छ भने पहाडी भेगको केही ठाउँमा बदली भएको छ । बेलुकीपख प्रदेश १ को पहाडी...

प्रदेश-१ का केही ठाउँमा हल्का पानी पर्ने सम्भावना

काठमाण्डाै - आज प्रदेश-१ का केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । प्रदेश-१ का केही ठाउँमा आंशिक बद्ली भइ फाट्टफुट्ट वर्षा हुने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार देशका अरु ठाउँमा भने आज सामान्यतया मौसम सफा रहनेछ  । यतिबेला काठमाण्डौ उपत्यकासहित देशभरको मौसममा आंशिक बद्ली देखिए पनि दिउँसो भने मौसम सफा रहने मौसमविद् श्रेष्ठले जानकारी दिनु भयो । राति प्रदेश-१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा आंशिक बद्ली...

आज वाग्मती, प्रदेश-१ र २ का केही ठाउँमा हल्का पानी पर्ने

काठमाण्डाै - देशका धेरै ठाउँमा अबको एक/दुई दिन पानी पर्ने मौसमविद्ले बताएका छन् । केही दिनदेखि देशका धेरै ठाउँको मौसम सफा रहे पनि अब पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाका अनुसार भोलिदेखि धेरै ठाउँमा पानी पर्ने  सम्भावना छ । भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यूनचापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले आजदेखि नै नेपालमा आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद् शान्ति कँडेलले बताउनुभयो । आज प्रदेश १...

आज देशका धेरै ठाउँको मौसम सफा, केही ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डाै - आज देशका केही ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएर वाग्मती र प्रदेश-१ का केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ । बाँकी ठाउँको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार बङ्गालको खाडीमा बनेको न्यूनचापीय रेखाका प्रभाव आंशिक रुपमा  पर्ने भएकाले प्रदेश-१ र वाग्मती प्रदेशका केही ठाउँमा  सामान्य पर्ने सम्भावना भएको हो । बाँकी ठाउँको मौसम सफा नै रहने उहाँले बताउनुभयो । मनसुन बाहिरिसकेकाले र नयाँ कुनै प्रणाली आइनसकेकाले आज ठूलो पानी पर्...

काठमाण्डौसहित धेरै ठाउँको मौसम सफा, दिउँसोपछि क्षणिक वर्षाको सम्भावना

काठमाण्डौ – अहिले काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम सफा रहेको छ । पहाडी क्षेत्रका केही ठाउँमा आंशिकदेखि सामान्य र तराईका थोरै ठाउँमा आंशिक बद्ली भएकाबाहेक देशभरको मौसम सफा रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । आज दिउँसोपछि भने पहाडका केही ठाउँमा मेघगर्जनसहित सामान्य पानी पर्ने सम्भावना रहेको छ । यस्तै तराईका एक/दुई ठाउँमा दिउँसोपछि मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।अहिले काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम सफा रहेको छ । ...

आजको मौसम : हावाहुरीसहित पानी पर्ने सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न स्थानमा हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी पर्ने छ।सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा बिहानैदेखि पानी परेको महाशाखाले जनाएको छ। दिउँसो यी दुई प्रदेशसहित बागमती, गण्डकी  र लुम्विनी प्रदेशमा पानी पर्ने मौसमविद् निराजन सापकोटाले जानकारी दिए। यस्तै‚ तराईका केही स्थानहरुमा असिनासहितको क्षणिक वर्षाको सम्भावना छ।दिउँसो सामान्यतया मौसम सफा भए पनि प्रि-मनसुन सक्रिय भएकाले बेलुकी हावाहुरी, मेघगर