आज वाग्मती, प्रदेश-१ र २ का केही ठाउँमा हल्का पानी पर्ने

काठमाण्डाै - देशका धेरै ठाउँमा अबको एक/दुई दिन पानी पर्ने मौसमविद्ले बताएका छन् । केही दिनदेखि देशका धेरै ठाउँको मौसम सफा रहे पनि अब पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाका अनुसार भोलिदेखि धेरै ठाउँमा पानी पर्ने  सम्भावना छ । भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यूनचापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले आजदेखि नै नेपालमा आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद् शान्ति कँडेलले बताउनुभयो । आज प्रदेश १...