काठमाण्डौ – अहिले काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम सफा रहेको छ ।
पहाडी क्षेत्रका केही ठाउँमा आंशिकदेखि सामान्य र तराईका थोरै ठाउँमा आंशिक बद्ली भएकाबाहेक देशभरको मौसम सफा रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।
आज दिउँसोपछि भने पहाडका केही ठाउँमा मेघगर्जनसहित सामान्य पानी पर्ने सम्भावना रहेको छ । यस्तै तराईका एक/दुई ठाउँमा दिउँसोपछि मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।अहिले काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम सफा रहेको छ ।
...