रोल्पाको घर्तीगाउँबाट तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका कारण विस्थापित भएको २३ वर्ष पुग्यो । रणसिंह दमाईलाई सत्य निरुपण तथा मेलमिलाप आयोगले गम्भीर मानवअधिकार उल्लंघन भएर पीडित भएको परिचय पत्र दिएको छ । पत्रमा उल्लेख छ– ‘मानवअधिकारको गम्भीर उल्लंघन भएको र सम्पत्ति लुटपाट र क्षति पुर्याइएको ।’
रोल्पाको घर्तीगाउँबाट तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका कारण विस्थापित भएको २३ वर्ष पुग्यो । रणसिंह दमाईलाई सत्य निरुपण तथा मेलमिलाप आयोगले गम्भीर मानवअधिकार उल्लंघन भएर पीडित भएको परिचय पत्र दिएको छ । पत्रमा उल्लेख छ– ‘मानवअधिकारको गम्भीर उल्लंघन भएको र सम्पत्ति लुटपाट र क्षति पुर्याइएको ।’
देश परिबर्तनका लागि १० बर्ष देशमा चलेको सशस्त्र द्धन्द्धको घाउले आज पनि रोल्पालीलाई दुखाइरहेको छ।मृतकका परिवार विनाकारण आफन्त मारिनुको कारणबाट बेखबर छन् भने बलजफ्ती बेपत्ता पारिएका परिवार पर्खाइमा बसेका छन्।घाइते, अपांग, विस्थापित, सम्पत्ति लुटिएकाको त कत...
गत असार १ मा ब्रम्हायाणी र नेशमखोलामा आएको बाढीले यसको तट क्षेत्र पूरै ध्वस्त बनायो । यी दुई खोला तर्ने दुई वटा झोलुंगे पुल चुडिँएपछि स्थानीय बर्खाभर गाउँमै थुनिए, ब्रम्हायाणीतिरका दुई दर्जनभन्दा बढी परिवार विस्थापित भए । झोलुंगे पुल चुँडिएपछि जिल्लाको सदरमुकाम चौताराबाट करिब ६५ किलोमिटरको दूरीमा रहेको जुगल गापाको पुछारका गाउँ दिपु ,तेगा र तेम्बाथानबीच आपसी सम्पर्क पूरै टुट्यो, सडक, बिजुलीदेखि उच्च शिक्षाजस्ता विकासको पर्खाइमा वर्षौंदेखि कुरेर बसेका तीन गाउँभरका दुई सय २० परिवार बजारक्षेत्रसँग जोड्ने पुल बगाएपछि थप समस्यामा परे ।
सिन्धुपाल्चोक : गत वर्ष साउनमा गएको पहिरोबाट प्रभावित सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२, लिदीका बासिन्दा स्थायी आवासको पर्खाइमा छन्।उनीहरूले सहयोगका लागि विभिन्न संघसंस्थासँग आग्रह समेत गरिरहेका छन्।पहिरो गएको डेढ वर्ष बित्न लाग्दा समेत उनीहरूले स्थायी आवास पाउन सकेका छैनन्। पहिरोले २९ घर क्षति हुँदा ३९ जनाको ज्यान गएको थियो। बाँकी रहेका घर पनि पहिरोको उच्च जोखिममा छन्।उनीहरू त्यहाँबाट विस्थापित भएर करिब १२० परिवार जुगल–१ को बाँसखर्कमा अस्थायी टहरोमा बसिरहेका छन्। करिब ९० परिवार भने
दोदा नदीको बाढीबाट पीडित जीवन रानाको परिवार शुक्लाफाँटा नगरपालिकाको डिलाशैनी सामुदायिक वन क्षेत्रमा टहरो बनाएर बसेको तेह्र वर्ष पुगेको छ । उहाँसँग रहेको चार बिघा जग्गामध्ये दुई बिघा जग्गामा वर्षाै देखि दोदा बगिरहेको छ ।
बाँकी दुई बिघा जग्गा नदीमा आएको बाढीले बगरमा परिणत भएको थियो । बाढीबाट विस्थापित रानासंँग कमाइ खाने जग्गा बगेपछि मजदूरीबाहेक बाँच्नका लागि अर्को विकल्प छैन । दोदाको बाढीवाट विस्थापित रानासहितको परिवारलाई अर्को व्यवस्था नहुँदासम्मका लागि तत्कालीन समयमा भूमिसुधार, जिल्ला वन र जिल्ला प्रशासन कार्यालयले डिलाशैनी सामुदायिक वनमा बस्नका लागि अनुमति दिएका थिए । ‘‘जनताको हकहितका लागि भनी देशमा महत्वपूर्ण परिवर्तन भई शासन व्यवस्थासमेत फेरियो”, जीवनले गुनासो सुनाउनुभयो, “तर हाम्रा समस्या समाधानमा कसैले चासो नदिँदा पीडामाथि पीडा थपिँदै छ ।”
शुक्लाफाँटा नगरपालिकाको उक्त वन क्षेत्रमा झुप्रो टहरो बनाएर बसोबास गरिरहेका बाढीपीडित परिवार वर्षौँदेखि पुनःस्थापनाको पर्खाइमा हुनुहुन्छ । यस अवधिमा स्थानीय, सङ्घ र प्रदेशका निर्वाचन पनि सम्पन्न भई सबै तहले काम गरिरहे पनि आफूहरुको अवस्थाप्रति कसैको नजर नपुगेको गुनासो उहाँहरुको छ । ‘‘हरेक चुनावका समयमा मत माग्न आउने उम्मेदवार विजयी भएपछि कहिल्यै फर्केका छैनन्”, अर्का बाढीपीडित राजकुमार रानाले भन्नु भयो“नदीले दिउँसै घरसहितको जग्गा बगाएको त्यति बेलाको घटना पटकपटक स्मरण भइरहँदा राति निद्रा नपरेर अत्तालिन्छु ।”