तेह्र वर्षदेखि पुनःस्थापनाको पर्खाइमा बाढीपीडित

दोदा नदीको बाढीबाट पीडित जीवन रानाको परिवार शुक्लाफाँटा नगरपालिकाको डिलाशैनी सामुदायिक वन क्षेत्रमा टहरो बनाएर बसेको तेह्र वर्ष पुगेको छ । उहाँसँग रहेको चार बिघा जग्गामध्ये दुई बिघा जग्गामा वर्षाै देखि दोदा बगिरहेको छ ।  बाँकी दुई बिघा जग्गा नदीमा आएको बाढीले बगरमा परिणत भएको थियो । बाढीबाट विस्थापित रानासंँग कमाइ खाने जग्गा बगेपछि मजदूरीबाहेक बाँच्नका लागि अर्को विकल्प छैन । दोदाको बाढीवाट विस्थापित रानासहितको परिवारलाई अर्को व्यवस्था नहुँदासम्मका लागि तत्कालीन समयमा भूमिसुधार, जिल्ला वन र जिल्ला प्रशासन कार्यालयले डिलाशैनी सामुदायिक वनमा बस्नका लागि अनुमति दिएका थिए । ‘‘जनताको हकहितका लागि भनी देशमा महत्वपूर्ण परिवर्तन भई शासन व्यवस्थासमेत फेरियो”, जीवनले गुनासो सुनाउनुभयो, “तर हाम्रा समस्या समाधानमा कसैले चासो नदिँदा पीडामाथि पीडा थपिँदै छ ।”     शुक्लाफाँटा नगरपालिकाको उक्त वन क्षेत्रमा झुप्रो टहरो बनाएर बसोबास गरिरहेका बाढीपीडित परिवार वर्षौँदेखि पुनःस्थापनाको पर्खाइमा हुनुहुन्छ ।  यस अवधिमा स्थानीय, सङ्घ र प्रदेशका निर्वाचन पनि सम्पन्न भई सबै तहले काम गरिरहे पनि आफूहरुको अवस्थाप्रति कसैको नजर नपुगेको गुनासो उहाँहरुको छ । ‘‘हरेक चुनावका समयमा मत माग्न आउने उम्मेदवार विजयी भएपछि कहिल्यै फर्केका छैनन्”, अर्का बाढीपीडित राजकुमार रानाले भन्नु भयो“नदीले दिउँसै घरसहितको जग्गा बगाएको त्यति बेलाको घटना पटकपटक स्मरण भइरहँदा राति निद्रा नपरेर अत्तालिन्छु ।”

सम्बन्धित सामग्री

पाकिस्तान सिन्ध प्रान्तका बाढीपीडित राहतको पर्खाइमा

गत वर्षको बाढीबाट प्रभावित पाकिस्तानको सिन्ध प्रान्तका अधिकांश परिवार अझै पनि सरकारबाट राहतको पर्खाइमा  रहेका छन् । उनीहरु धेरै घरबारविहीन बस्न बाध्य भएका छन्।पाकिस्तानको दक्षिणपूर्वी प्रान्त सिन्ध सन् २०२२ को बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक थियो।समाचारहरूमा जनाइएअनुसार प्रदेशभरका २१ लाख पीडितमध्ये करिब ३ लाखलाई मात्रै रकम दिइएको छ भने चौथो किस्ता भने कुनै पनि पीडितलाई निकासा भएको छैन।विवरणका अनुसार सिन्ध प्रान्तमा बाढीका कारण लाखौं मानिसको घर र भौतिक संरचना ध्वस्त भएका छन्।वि

पाकिस्तानमा ३० लाखभन्दा धेरै बाढीपीडित बालबालिकालाई मानवीय सहायताको खाँचो

काठमाडौँ- पाकिस्तानमा हालै आएको बाढीका कारण ३० लाखभन्दा बढी बालबालिका मानवीय सहायताको पर्खाइमा रहेका छन् । बाढी प्रभावित बालबालिकाहरू पानीजन्य रोगहरू र कुपोषणको बढ्दो जोखिममा समेत रहेको संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले जनाएको छ । संयुक्त राष्ट्रसंघीय बालकोषद्वारा जारी विज्ञप्तिमा प्रभावित क्षेत्रहरूमा बालबालिका र परिवारहरूको अत्यावश्यक आवश्यकताहरूलाई सम्बोधन गर्न सरकारी तथा गैरसरकारी संस्थाहरूसँग काम गरिरहेको जनाएको […]

तीन वर्षदेखि घर पुनः निर्माणको पर्खाइमा ६३२ बाढीपीडित

तीन वर्ष पहिले वर्षाको समयमा बाढीपहिरोको चपेटमा परेको बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका तीलक थापाको घर खण्डहरमा परिणत भयो । भीषण वर्षापछि घरपछाडिको जमिन भत्किएर उहाँको घर नै भत्काइदिएको थियो । थापाको परिवार अहिले पनि छिमेकीको घरमा बस्दै आएका छन् । सरकारले बाढीपहिरोबाट भत्केका घरको पुनःनिर्माणका लागि अनुदान दिने भन्ने खबर पाएपछि थापाले आवश्यक कागजात तयार …

बाढीपीडित मनाङवासी टेन्ट र टहरामै बस्न बाध्य

मनाङ । गत जेठ ३१ र असारको पहिलो साता मस्र्याङ्दी नदीमा आएको बाढीका कारण घरबारविहीन मनाङका नासोँ गाउँपालिकाका सिरानताल र तालगाउँका विस्थापित नागरिक अझै टेन्ट र टहरामै बस्न बाध्य छन् । चिसो मौसम कठ्यांग्रिँदै कटाएका बाढी प्रभावितहरू सुरक्षित आवाससहित बस्ती स्थानान्तरणको पर्खाइमा छन् । सुरक्षित आवासको अभावमा स्थानीयले भत्किएका संरचना हटाएर टिनको घरटहरा निर्माण गरी बस्न थालेको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए । उनका अनुसार गत मङ्सिरमा गण्डकी प्रदेश सरकारले दिएको रू. २ लाख र नासाँे गाउँपालिकाको रू. एक लाखमार्फत बाढीपीडितले अस्थायी टहरा बनाएर बस्न थालेका हुन् । बाढीपीडितका लागि अबको वर्षायाम अगावै स्थानान्तरण वा सुरक्षित तवरबाट बस्ती बसाल्न सक्ने अवस्था निर्माण भएको प्रजिअ आचार्यले बताए । तीन तहको सरकारसँग आग्रहपछि यहाँका स्थानीयवासी सुरक्षित भएको उनले बताए । गत जेठ ३१ र असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीले तालगाउँ र सिरानताल तहसनहस पारेको बस्ती हो । जोखिमयुक्त बस्ती सार्नुपर्ने विज्ञको सुझावपछि सुरक्षित वासस्थानको खोजीमा भौतारिएका स्थानीयवासीलाई हिउँदभित्रै घर बनाउने पिरलो भएको विस्थापितहरू बताउँछन् । बाढीपहिरो जस्ता प्राकृतिक विपत्तिबाट प्रभावित स्थानीयवासीलाई पुख्र्यौली थातथलो छोड्नुपर्ने चिन्ता पनि उत्तिकै छ । घर बनाउनकै लागि उनीहरूले सुरक्षित ठाउँ अझै पाउन सकेका छैनन् । जग्गा अभावकै कारण प्रभावितहरूको सुरक्षित आवास निर्माणको प्रक्रिया समेत अघि बढ्न नसकेको उनीहरू बताउँछन् । सिरानतालको सात र तालगाउँको ४३ घरधुरी अन्य सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । प्रदेश र स्थानीय सरकारले दिएको रकमबाट टहरा बनाउन पनि नपुगेको बाढीपहिरो पीडितको गुनासो छ । तालगाउँका बाढी प्रभावित आन्द्रे गुरुङले लामो समयपछि टिनको टहरा बनाएर बस्न थालेको बताए । नदीको किनारमा रहेको तालगाउँ बाढीको धेरै जोखिमपूर्ण क्षेत्र मानिन्छ । सिरानताल क्षेत्रको भौगर्भिक अध्ययनको तयारी थालिएको जिल्ला प्रशासन कार्यालय मनाङले बताएको छ । भौगर्भिक अध्ययनको नतिजापश्चात् यस क्षेत्रको संरक्षणका लागि थप व्यवस्थापन गर्ने तयारी रहेको प्रजिअ आचार्यले बताए । अध्ययनपछि उक्त ठाउँमा बस्न मिल्ने वा नमिल्ने विषयमा निर्णय गरिने उनको भनाइ छ । रासस

बाढीपीडित मनाङवासी टेन्ट र टहरामै बस्न बाध्य

मनाङ । गत जेठ ३१ र असारको पहिलो साता मस्र्याङ्दी नदीमा आएको बाढीका कारण घरबारविहीन मनाङका नासोँ गाउँपालिकाका सिरानताल र तालगाउँका विस्थापित नागरिक अझै टेन्ट र टहरामै बस्न बाध्य छन् । चिसो मौसम कठ्यांग्रिँदै कटाएका बाढी प्रभावितहरू सुरक्षित आवाससहित बस्ती स्थानान्तरणको पर्खाइमा छन् । सुरक्षित आवासको अभावमा स्थानीयले भत्किएका संरचना हटाएर टिनको घरटहरा निर्माण गरी बस्न थालेको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए । उनका अनुसार गत मङ्सिरमा गण्डकी प्रदेश सरकारले दिएको रू. २ लाख र नासोँ  गाउँपालिकाको रू. एक लाखमार्फत बाढीपीडितले अस्थायी टहरा बनाएर बस्न थालेका हुन् । बाढीपीडितका लागि अबको वर्षायाम अगावै स्थानान्तरण वा सुरक्षित तवरबाट बस्ती बसाल्न सक्ने अवस्था निर्माण भएको प्रजिअ आचार्यले बताए । तीन तहको सरकारसँग आग्रहपछि यहाँका स्थानीयवासी सुरक्षित भएको उनले बताए । गत जेठ ३१ र असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीले तालगाउँ र सिरानताल तहसनहस पारेको बस्ती हो । जोखिमयुक्त बस्ती सार्नुपर्ने विज्ञको सुझावपछि सुरक्षित वासस्थानको खोजीमा भौतारिएका स्थानीयवासीलाई हिउँदभित्रै घर बनाउने पिरलो भएको विस्थापितहरू बताउँछन् । बाढीपहिरो जस्ता प्राकृतिक विपत्तिबाट प्रभावित स्थानीयवासीलाई पुख्र्यौली थातथलो छोड्नुपर्ने चिन्ता पनि उत्तिकै छ । घर बनाउनकै लागि उनीहरूले सुरक्षित ठाउँ अझै पाउन सकेका छैनन् । जग्गा अभावकै कारण प्रभावितहरूको सुरक्षित आवास निर्माणको प्रक्रिया समेत अघि बढ्न नसकेको उनीहरू बताउँछन् । सिरानतालको सात र तालगाउँको ४३ घरधुरी अन्य सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । प्रदेश र स्थानीय सरकारले दिएको रकमबाट टहरा बनाउन पनि नपुगेको बाढीपहिरो पीडितको गुनासो छ । तालगाउँका बाढी प्रभावित आन्द्रे गुरुङले लामो समयपछि टिनको टहरा बनाएर बस्न थालेको बताए । नदीको किनारमा रहेको तालगाउँ बाढीको धेरै जोखिमपूर्ण क्षेत्र मानिन्छ । सिरानताल क्षेत्रको भौगर्भिक अध्ययनको तयारी थालिएको जिल्ला प्रशासन कार्यालय मनाङले बताएको छ । भौगर्भिक अध्ययनको नतिजापश्चात् यस क्षेत्रको संरक्षणका लागि थप व्यवस्थापन गर्ने तयारी रहेको प्रजिअ आचार्यले बताए । अध्ययनपछि उक्त ठाउँमा बस्न मिल्ने वा नमिल्ने विषयमा निर्णय गरिने उनको भनाइ छ । रासस

राहतको पर्खाइमा बाढीपीडित

गत कात्तिकको पहिलो साता महाकाली नदीमा आएको बाढीले भएको घरखेत र पालेका कुखुरा बगाउँदा यतिबेला कञ्चनपुरको भीमदत्त नगरपालिका-९ मसेट्टीका लक्ष्मण नायक चिन्तित हुनुहुन्छ ।

राहतको पर्खाइमा बाढीपीडित

गत कात्तिकको पहिलो साता महाकाली नदीमा आएको बाढीले भएको घरखेत र पालेका कुखुरा बगाउँदा यतिबेला कञ्चनपुरको भीमदत्त नगरपालिका-९ मसेट्टीका लक्ष्मण नायक चिन्तित हुनुहुन्छ ।

राहतको पर्खाइमा बाढीपीडित

गत कात्तिकको पहिलो साता महाकाली नदीमा आएको बाढीले भएको घरखेत र पालेका कुखुरा बगाउँदा यतिबेला कञ्चनपुरको भीमदत्त नगरपालिका-९ मसेट्टीका लक्ष्मण नायक चिन्तित हुनुहुन्छ ।

मनाङका बाढीपीडित तीन महिनादेखि टेण्टमा, बस्ती स्थान्तरण र पुनर्वासको पर्खाइमा

असार १ को बाढीले विस्थापित मनाङको नासों गाउँपालिका–१ तालगाउँका बाढीपीडित तीन महिनादेखि टेण्टकै भरमा बस्न बाध्य छन्।  मर्स्याङ्दी नदीमा आएको बाढीले घर बगरमा परिणत भएसँगै बाढीपीडित टेण्टमा बस्न बाध्य भएका...

मनाङका बाढीपीडित भन्छन्, ‘राजा आछ गाछ जनता दिनभर भोको भाछ’

गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीका कारण गाउँ नै डुबानमा परी बगर बनेपछि गाउँमाथिको डाँडामा त्रिपालको भरमा बस्दै आएका नासो गाउँपालिका–१ ताल गाउँका बासिन्दा पुनर्वासको पर्खाइमा छन् । ताल गाउँको मात्रै ५९ घर विस्तापित भएको छ । त्रिपालको भरमा बसेका स्थानीयहरुको पुनर्वासको त कुरै छोडौँ, राहतका लागि आकाशमा उडेको हेलिकोप्टर देख्दा स्थानीयलाई ‘आकाशको फल, आँखा तरि मर’ भन्ने जस्तै भएको छ ।दुई दिनअघि मात्र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, उर्जामन्त्री पम्फा भुसाललगायको टोली