गत वैशाख ३० गते भएको निर्वाचनमा निर्वाचित प्रमुख आचार्यले जेठ १२ गते पदबहाली गरेका थिए। पदबहालीका दिन उनले ३७५ वटा फुलका विरुवा रोपेर आफ्नो कामको सुरुवात गरेका थिए। सो कामलाई उनले उपलब्धिको पहिलो बुँदामा राखेका छन्।...
पोखराको चिप्लेढुंगा, महेन्द्रपुलमा सडकमै तीन लाइनसम्म पार्किङ हुन्छ । यही व्यस्त ठाउँमा पोखराका मेयरको ‘संस्थागत स्वार्थ’को आधारमा एउटा पार्क तयार भएको छ ।
काठमाडौँ – पृथ्वीनारायण शाहको शालिक हटाएको विरोधमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको फोटो जलाइएको छ। मंगलबार काठमाडौँको माइतीघर मण्डलामा भेला भएका सर्वसाधारणले मेयर आचार्यको फोटो जलाएका हुन्। पोखरा महानगरपालिकाले पोखराको पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको शालिक हटाएको थियो। बुधबार एक समूहले सडकमा फालेको पृथ्वीनारायण शाहको प्रतिमा बिहीबार राप्रपाका युवालगायतले पुनःस्थापना गरेका थिए। पुनः शुक्रबार महानगरले शालिक […]
पोखरा – भदौ २३ गते पोखरा महानगरपालिकाले महेन्द्रपुलमा रहेको आर्ट ग्यालरी र पुस्तकालयमा डोजर चलायो। अवैध संरचना भत्काउने ट्रेलरस्वरुप महानगरले आफ्नै भवनमा डोजर चलाएपछि मेयर धनराज आचार्यले भनेका थिए, ‘…जो मापदण्डभन्दा बाहिरका छन् हामी भत्काउछौँ।’ धेरैले धनराजको डोजर एक्सनलाई बालेनको सिको भन्न भ्याए। त्यतिबेला काठमाडौँका मेयर बालेन शाह डोजर एक्सनमा थिए। मेयर आचार्यले बोलेको ८ […]
३ महिनाभित्र सक्ने भनेर बाचा गरेका ८ मध्ये करको दायरासम्बन्धी र एकद्वार प्रणालीबाहेक अरू काम भएकै छैनन् । ‘गर्ने भनेका काम पनि प्रक्रियामै छन् । बजेटको कारणले केही समय लागेको हो,’ मेयर आचार्यको जवाफ छ ।
पोखरामा बनेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामि जनवरी एकदेखि संचालन गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले घोषणा गरिसकेको छ। तर विमानस्थल संचालनका लागि मुख्य बाधक मानिएको पोखराको ल्याण्डफिलसाइट व्यवस्थापनको टुंगो भने अझै लागेको छैन। त्यसैल...
पोखरा । पोखराका पूर्व मेयर मानबहादुर जिसीले कार्यकालको आखिरीमा अपारदर्शी ढंगले सार्वजनिक जग्गा निजी कम्पनी भाडा लगाउने निर्णय खारेज भएको छ । पोखरा उपत्यका नगर विकास समितिको बैठकले सो सम्झौता खारेज गर्ने निर्णय गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पोखराका मेयर धनराज आचार्यले जानकारी दिए । उनका अनुसार सम्झौता खारेज गरी छानबिनका लागि विभिन्न निकायलाई पत्राचार […]
The post पोखराका पूर्व मेयरको जग्गाभाडा सम्झौता खारेज appeared first on राजधानी राष्ट्रिय दैनिक.
२२ असार, पोखरा । पोखराका निवर्तमान मेयर मानबहादुर जिसीले पोखरा उपत्यका नगर विकास समितिको ६३ रोपनी जग्गा कानुन अनुसार नै ठेक्का लगाएको बताएका छन् । कार्यकाल सकिनु दुई दिनअघि राष्ट्र बैंकचोकस्थित पर्यटक बसपार्कको जग्गा, गल्फ कोर्सको र यातायात कार्यालय नजिकैको जग्गा गरी ६३ रोपनी नियम विपरीत ठेक्का लगाएको आरोप लागेका बेला जिसीले बुधबार विज्ञप्ति जारी […]
पोखरा । पोखरामा बसपार्क निर्माण पाँच दशकदेखि चुनावी नारा मात्रै बनिरहेको छ । बसपार्क बनाउनका लागि जग्गा अधिग्रहण गरेको ४८ वर्ष पुगिसक्यो । २०३२ सालमा तत्कालीन अञ्चलाधीश तथा नगर योजनाका अध्यक्ष शंकरराज पाठक र योजनविद् पदमबहादुर क्षेत्रीले पृथ्वीचोकमा करिब दुई सय रोपनी जग्गा बसपार्कका लागि छुट्याएका हुन् । जग्गा अधिग्रहण भए पनि व्यवस्थित बसपार्क देख्ने […]
पोखरा– एकीकृत समाजवादीलाई मेयर दिएपछि नेपाली कांग्रेस पोखरा महानगरपालिकाका वडा सभापतिहरू आन्तरिक बैठक बसिरहेका छन् । उनीहरूले संयुक्त धारणा बनाएर मेयर कांग्रेसले नै पाउनुपर्ने दबाब दिने भएका छन् । ‘बैठकमा छलफल हुन्छ । सहमतिमा हाम्रा एजेन्डा सार्वजनिक गछौँ,’ सचिव गणेशबहादुर थापाले भने, ‘एकै मुख बनाएर हामी संघर्ष गछौँ ।’ अहिले लेकसाइडमा सभापतिहरूको बैठक बसिरहेको छ […]