पोखरा– एकीकृत समाजवादीलाई मेयर दिएपछि नेपाली कांग्रेस पोखरा महानगरपालिकाका वडा सभापतिहरू आन्तरिक बैठक बसिरहेका छन् । उनीहरूले संयुक्त धारणा बनाएर मेयर कांग्रेसले नै पाउनुपर्ने दबाब दिने भएका छन् । ‘बैठकमा छलफल हुन्छ । सहमतिमा हाम्रा एजेन्डा सार्वजनिक गछौँ,’ सचिव गणेशबहादुर थापाले भने, ‘एकै मुख बनाएर हामी संघर्ष गछौँ ।’ अहिले लेकसाइडमा सभापतिहरूको बैठक बसिरहेको छ […]