नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टीभित्र लामो समयदेखिको कटुता र द्वन्द्व संवादबाट न्यूनीकरण भइरहेकोले पार्टी एकता बचाउन सकिने बताएका छन् । तर शुक्रवारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकमा आफूहरु सहभागि नहुने उनले बताए ।
बिहीवार माधव नेपाल पक्षको स्थायी कमिटी बैठकपछि लोकान्तरसँग कुरा गर्दै सचिव विष्टले सहमति जुट्न बाँकी विषयमा आपसी समझदारीमा टुंगो लगाउनु पर्ने बताएका हुन् । माधव नेपाल समूहका प्रभावशाली नेता विष्ट संस्थापन पक्षका नेताहरुसँग सहमतिका लागि भइरहेका वार्तामा सहभागि भइरहेका छन् ।
‘पार्टी भि...