भारतीय आर्मी बनाइदिने भन्दै करिब डेढ करोड रूपैयाँ ठगी गरेको अभियोगमा पथरी शनिश्चरे नगरपालिका ३ बस्ने ४३ वर्षीय नरेन्द्र पाख्रिन तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङले करिब २५ जना व्यक्तिहरुलाई इण्डियन आर्मी बनाइदिने भन्दै जनही ५ देखि ६ लाख उठाएको आरोप लागेको छ । उक्त रूपैयाँ ठगी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले अभियुक्तलाई उनकै घरबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।