चीनले भारतसँगको सीमा नजिक अत्यन्तै घातक तथा लामो दूरीसम्म मार हान्न सक्ने अत्याधुनिक पीएचएल–०३ मल्टिपल रकेट लोन्चरहरू तैनाथ गरेको छ ।
चीनको सरकारी टीभी च्यानल सीसीटीभीका अनुसार, यी लोन्चरहरू सिन्ज्याङ कमान्डलाई हस्तान्तरण गरिएको छ ।
ट्रकमा राखेर लैजान मिल्ने यो रकेट पूर्णतः कम्प्युटरबाट परिचालित छ र एकैपटकमा धेरैवटा तारोलाई ध्वस्त बनाउन सक्छ ।
यस्ता रकेटहरू लघाख सीमामा ५२ सय मिटरको उचाइमा तैनाथ गरिएको छ ।
सीसीटीभीका अनुसार, यी रकेट लोन्चरहरू द्रुत गतिमा तैनाथ गर्न सकिन्छ । यिन...