काठमाडौं । टीसीएलले यस गर्मी मौसमका लागि वाईफाईबाट चल्ने एयर कन्डिसनर नेपाली बजारमा ल्याएको छ । आर–३२ प्रविधिका ग्याँस प्रयोग भएका इन्भर्टर टेक्नोलोजीद्वारा निर्मित टीसीएलका एयर कन्डिसनरहरु वातावरणमैत्री भएको कम्पनीको दावी छ ।वाईफाई मार्फत चल्ने टीसीएल इन्भर्टर एयर कन्डिसनरमा २४ घण्टाको टाइमर, अटो रिस्टार्ट, इन्डिपेन्डेन्ट डिह्युमिडिफिकेशन, अटो प्रोटेक्शन जस्ता विशेषतायुक्त रहेका छन् । त्यस्तै, सानो आवाजमा चल्ने यी एयर कन्डिसनरहरुमा खिया लाग्ने समस्या नरहेको पनि कम्पनीले दावी गरेको छ ।&nbs