काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत क्याम्पसलाई एयर कन्डिसनर वितरण गरेको छ। नवलपरासीको बर्दघाट स्थित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दिव्य ज्योति बहुमुखी क्याम्पसलाई बैंकले २ थान एयर कन्डिसनर हस्तान्तरण गरेको हो। उक्त एयर कन्डिसनर सामुदायिक विकास र शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुगोस् भन्ने पवित्र उद्देश्यका साथ प्रदान गरिएको बैंकले जनाएको […]