सिद्धार्थ राजमार्गमा पहिरो, यात्रु अलपत्र, तस्वीरहरू

पाल्पा : सिद्धार्थ राजमार्ग पहिरोले यात्रुले सास्ती व्यहोरेका छन्।  गएरातिदेखी अवरुद्ध भएको सडक अहिले एकतर्फि सुचारु भएको छ।  तानसेन-बुटवल सडकखण्डअन्तर्गत हिउँदेखोलामा माथिबाट लेदोसहितको पहिरो खसेको हो। राजमार्गनै भासिएका कारण केहि छिन सडक अवरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले अहिले एकतर्फी सुचारू भएको छ। साना सवारी साधन मात्रै चलेका छन्। ठूला सवारीसाधन चल्न अझै समय लाग्ने छ। लेदोसहित पहिरो झर्ने क्रम रोकिएको छैन।बिह

सम्बन्धित सामग्री

सिद्धार्थ राजमार्ग रातको समयमा अझै ५० दिन बन्द हुने

११ फागुन, काठमाडौं । सिद्धार्थ राजमार्गमा निर्माणाधिन सुरुङमार्ग निर्माण जारी रहँदा रातको समयमा राजमार्ग बन्द हुने समय लम्बिएको छ । सिद्धबाबा सुरुङमार्ग योजना बुटवलले एक सूचना जारी गर्दै थप ५० दिन रातको समयमा राजमार्ग बन्द रहने जानकारी गराएको हो । यसअघि १६ पुसदेखि राजमार्ग राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुँदै आएको छ । […]

सिद्धार्थ राजमार्ग १० मिटरको बनाउन प्रस्ताव

सिद्धार्थ राजमार्गअन्तरगत बुटवलदेखि पोखराको पृथ्वीचोकसम्मको सडक १० मिटर चौडा कायम गर्नेगरी स्तरोन्नति गर्ने प्रस्ताव गरिएको छ । सडक ऐन, २०३१ अनुसार राजमार्गका केन्द्र विन्दुबाट दायाँबायाँ २५/२५ मिटर सडक मापदण्ड तोकिएको छ । तर, सिद्धार्थ राजमार्गमा भने फरक मापदण्ड लागू गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग वैदेशिक सहायता कार्यान्वयन महाशाखाद्वारा पुतलीबजार […]

भालुपहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग पुर्णरुपमा अवरूद्ध

अविरल परेको वर्षाका कारण सिद्धार्थ राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको छ । बिहीबार विहान ३ :३५ बजे स्याङ्जाको फेदीखोला गाउँपालिका–२, भालुपहाड स्थित सिद्धार्थ राजमार्गमा माथिबाट ढुंगा सहितको पहिरो झर्दा राजमार्ग पुर्ण...

पहिरोको कारण सिद्धार्थ राजमार्ग र पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं।पाल्पाको रम्भा गाउँपालिका–३ सितापहाड नजिकै सिद्धार्थ राजमार्गमा ढुङ्गासहितको सुक्खा पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ। प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरीले अवरुद्ध सडक खुलाउन पहल गरिरहेको छ। यस्तै, कपिलवस्तुको शिवराज नगरपलिका–१ पैराखोलास्थित पूर्व–पश्चिम राजमार्गमा बिहीबार बिहान लेदोसहितको पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ। वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले सडक डिभिजन कार्यालय चन्द्रौटासँगको समन्वयमा सडक खुलाउन पहल गरिरहेको छ।

पहिरोको कारण राप्ती र सिद्धार्थ राजमार्ग अवरुद्ध

काठमाडौं। सल्यानको कपुरकोट गाउँपालिका–३ बसेरीस्थित राप्ती राजमार्गमा आइतबार राति पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ। प्रहरी चौकी कपुरकोटबाट खटिएको प्रहरीले सडक खुलाउने आवश्यक पहल गरिरहेको छ। यस्तै, पाल्पाको तिनाउँ गाउँपालिका–३ अर्घाछाप भन्ने स्थानमा आइतबार दिउँसो पहिरो जाँदा सिद्धार्थ राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालयसँगको समन्वय सडक खुलाउने आवश्यक पहल भइरहेको प्रहरले बताएको छ।

सिद्धार्थ राजमार्ग एकतर्फी पुनः सञ्चालन

आज बिहानदेखि अवरुद्ध रहेको सिद्धार्थ राजमार्ग पुनः सञ्चालन भएको छ । बिहान साढे ६ः ०० बजेदेखि स्याङ्जाको फेदीखोला गाउँपालिका–२ भालुपहाडस्थित सिद्धार्थ राजमार्गमा माथिबाट खसेको पहिराले पूर्णरुपमा अवरुद्ध बनेको सडक झण्डै पाँच घण्टापछि एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।सडकभन्दा माथिबाट चट्टानसहित झरेको पहिराका कारण सिद्धार्थ राजमार्गको पोखरा–स्याङ्जा सडकखण्ड अवरुद्ध बन्न पुगेको थियो । भालु पहाडमा सडक विस्तार गरिएको

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

वालिङ । हिजोदेखि परेको वर्षाका कारण खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । आज बिहान साढे ६ बजेतिर स्याङ्जाको फेदिखोला गाउँपालिका–२ भालुपहाडस्थित सिद्धार्थ राजमार्गमा माथिबाट खसेको पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए । पहिरोका कारण सिद्धार्थ राजमार्गको पोखरा–स्याङ्जा सडक खण्ड बन्द भएको […]

वर्षाका कारण खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

हिजोदेखि परेको वर्षाका कारण खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । आज बिहान साढे ६ बजेतिर स्याङ्जाको फेदिखोला गाउँपालिका–२ भालुपहाडस्थित सिद्धार्थ राजमार्गमा माथिबाट खसेको पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए ।पहिरोका कारण सिद्धार्थ राजमार्गको पोखरा–स्याङ्जा सडक खण्ड बन्द भएको हो । भालुपहाडमा सडक विस्तार गरिएको ठाउँमा अहिले पनि पहिरो झरिरहेको प्रहरी प्रवक्ता अधिका

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

स्याङ्जा : स्याङ्जाको भालुपहाडमा गएको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ। शनिबार रातिदेखि आएको अविरल वर्षा र राजमार्ग फराकिलो बनाउन खनिएको सडकको कारण पहिरो गएको स्थानीयवासीले बताएका छन्।राति २ बजे ठूलो पहिरो गएकाले राजमार्गमा चल्ने अत्यावश्यक सवारी साधन सडकमा नै अलपत्र परेका छन्। सडक खुलाउन पोखराबाट डोजर बोलाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले बताए।अहिले प्रहरी र स्थानीयवासीको पहलमा सडक खुलाउने प्रयास भैरहेको छ। बिहान ११ बजेसम्म सडक खुल्ने प्रहर

सिद्धार्थ राजमार्ग विस्तार : पाल्पाका ७ सय बढी घर भत्किने

पाल्पा – सिद्धार्थ राजमार्गमा पर्ने बुटवल–पाल्पाको बाटो चौडा गर्दा पाल्पाका ७ सय बढी घर भत्किने भएका छन् ।  सिद्धार्थ राजमार्ग चार लेनमा विस्तार गर्दा सडक क्षेत्र अतिक्रमण भइ बनेका घरटहरा भत्किने भएका हुन् । राजमार्गको दायाँबायाँ २५ मिटरभित्र बनेका पक्की तथा कच्ची गरी ७ सय घर भत्किँदा ४ सय बढी पक्की घर पनि पर्ने छन् । पाल्पाको विकासमा बाधक बनेको सिद्धबाबा क्षेत्रको बाटो बनाउनुको साटो जनतालाई उठिबास लगाउन थालेको भन्दै स्थानीयले विरोध गरेका छन् । घर भत्किने निश्चित भएपछि घरधनीहरुले पहिले सिद्धबाबा क्षेत्रको बाटो ब...