स्याङ्जा : स्याङ्जाको भालुपहाडमा गएको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ। शनिबार रातिदेखि आएको अविरल वर्षा र राजमार्ग फराकिलो बनाउन खनिएको सडकको कारण पहिरो गएको स्थानीयवासीले बताएका छन्।राति २ बजे ठूलो पहिरो गएकाले राजमार्गमा चल्ने अत्यावश्यक सवारी साधन सडकमा नै अलपत्र परेका छन्। सडक खुलाउन पोखराबाट डोजर बोलाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले बताए।अहिले प्रहरी र स्थानीयवासीको पहलमा सडक खुलाउने प्रयास भैरहेको छ। बिहान ११ बजेसम्म सडक खुल्ने प्रहर