काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना सबै नागरिकको उद्धार नगरुञ्जेल अमेरिकी सेना अफगानिस्तानमै रहने बताएका छन्। अमेरिकाले हालसम्म आफ्ना कुटनीतिक कर्मचारीसहित ५ हजार नागरिकको उद्धार गरिसकेको छ। अमेरिकी रक्षामन्त्री लयोड अस्टिनले अमेरिकी नागरिकको उद्धार लक्ष्य पूरा नहोउन्जेल अमेरिकी सेना काबुल अन्तर्राष्ट्रिय विमानस्थलमै रहने उल्लेख गरे। उनले सेनाले काबुल विमानस्थलको सुरक्षा गर्ने तर कसैलाई तर्साउनका लागि हतियारको प्रयोग भने नगर्ने बताए।साथै जोखिममा रहेका अफगानी नागरिकको सुरक्