जब मैदानमा ढले अरुजो

स्पेनिस क्लब बार्सिलोनाका डिफेन्डर रोनाल्ड अरुजो घाइते बनेका छन् । मंगलबार राति भएको सेल्टा भिगोविरुद्धको खेलको ६७औं मिनेटमा उनी घाइते भएका हुन् । आफ्नै टोलीका गाभीसँग हेड गर्ने क्रममा टाउको जुद्धा रोनाल्ड  मैदानमा ढलेका थिए । त्यसपछि उनलाई उपचारका लागि एम्बुलेन्समा अस्पताल लगिएको थियो । गम्भिर चोट बोकेका उनको अवस्था अहिले समान्य भएको क्लबले जनाएको छ । बार्सिलोनाले यो खेलमा सेल्टा भिगोलाई ३–१ गोल अन्तरले हराएको थियो ।

सम्बन्धित सामग्री

खेल मैदानमा बेहोस भएर ढले अल्मुताइरी

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी मैदानमा बेहोस भएर ढलेका छन् ।अल्मुताइरी खेल चलिरहेको समायमा बेहोस भएका हुन् ।  एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत घरेलु टोली कुवेतविरुद्धको जारी खेल दौरानका क्रममा अलमुताइरी मैदानको टेक्निकल एरियामा बेहोस हुँदै ढलेका छन् ।मैदानमा अचेत भएपछि उनलाई मेडिकल टिमले प्राथमिक उपचारपछि अस्पताल लगेको छ । उनलाई अचेत अवस्थामा अस्पताल लगिएको हो ।

जब एलेक्जेन्डर मैदानमा ढले अनि नाडालले बनाए रेकर्ड

स्पेनिस टेनिस स्टार राफेल नाडाल आफ्नो ३६ औं जन्म दिनमा फ्रेन्च ओपनको फाइनलमा प्रवेश गर्दै नयाँ कीर्तिमान बनाएका छन्। उनी फ्रेन्च ओपनमा फाइनलमा पुग्ने दोस्रो पाका खेलाडी बने। उनी अघि ३७ वर्षको उमेरमा अमेरिकाका बिल टिलडेन १९३० मा उपविजेता बनेका थिए।सेमिफाइनलमा नाडाल जर्मनीका एलेक्जेन्डर ज्वेरेभसँग प्रतिस्पर्धा गरिरहेका थिए। तर दोस्रो सेटमा जर्मन खेलाडि दाहिने खुट्टाको गोलिगाँठोमा चोट बोक्न पुगेपछि उनले खेल त्यागेका थिए। जसका कारण नाडालले फाइनलमा स्थान बनाए। एलेक्जेन्डर  चोटिल बन्नु अघि खेल ७-

पीएनजीविरुद्धको खेलमा मैदानमै ढले गुल्सन झा (तस्बिरहरु)

काठमाडौँ– पपुवा न्यु गिनीविरुद्धको खेलका क्रममा नेपाली खेलाडी गुल्सन झा मैदानमै ढलेका छन्। कीर्तिपुरस्थिति त्रिवि क्रिकेट मैदानमा जारी खेलमा गुल्सन ढलेपछि खेलाडीहरुले बोकेरे मैदान बाहिर लगेका थिए। खेलाडी लडेपछि बेलैमा स्ट्रेचर नल्याएको भन्दै दर्शकहरुले नाराबाजी गरेका थिए। पीएनजीसँगको एक दिवसीय क्रिकेट शृङ्खलाअन्तर्गत नेपालले शनिबार दोस्रो खेलमा प्रतिस्पर्धा गरिरहेको छ। टस जितेर पहिले व्याटिङ गरेको नेपालले […]

रोकियो अन्ततः सपनासरहको यात्रा

समूह ‘बी’ मा रहेको डेनमार्क आफ्नो घरेलु मैदानमा फिनल्यान्डविरुद्धको खेलका लागि उत्रियो। खेलको ४३ औँ मिनेटमा मिडफिल्डर क्रिस्टियन इरिक्सन हृदयाघातका कारण मैदानमा ढले।...

फूटबल मैदानमा त्यो प्रलयकारी १० मिनेट, अनि जागे एरिकसन

हिजो राति फिनल्यान्ड र डेनमार्कबीचको फूटबल खेलमा डेनिस खेलाडी क्रिस्चियन एरिकसन एक्कासि मैदानमा ढले अनि उनको नाडी पनि सुस्त गतिमा मात्र चल्यो । डेनमार्क टोलीका चिकित्सक मोर्टेन बोएसनले एक सेकेन्ड पनि खेर फाल्नुहुँदैन भन्ने थाहा पाइहाले । ‘उनी सास फेरिरहेका थिए, नाडी सुस्त गतिमा चलेको थियो । तर त्यो अचानक पर...

एरिक्सन मैदानमै ढले, डेनमार्क-फिनल्यान्ड खेल स्थगित

युरो-२०२० मा डेनमार्क र फिनल्यान्डबीचको खेल शनिबार बीचमै रोकिएको छ । खेलका क्रममा डेनमार्कका क्रिस्टियन एरिक्सन मैदानमा ढलेपछि खेल रोकिएको हो । थ्रोमा उनका लागि बल फ्यालिएको बेला उनी मैदानमा अकस्मात ढलेका थिए ।

जब मैदानमा नै ढले एरिक्सन, तस्बिरमा हेर्नुहोस्

क्रिस्टियन एरिक्सन मैदानमा ढलेपछि डेनमार्क र फिनल्याण्डबीचको खेल रद्द गरिएको छ । युरोपियन फुटबलको नियामक निकाय यूइएफएले स्वास्थ्य आपत्कालका कारण खेल रद्द गरिएको जनाएको छ ।शनिबार युरो २०२० को समूह चरणको खेल अन्तरगत कोपनहेगनमा खेलिएको खेलमा टोटनह्यामका पूर्व खेलाडी पहिलो हाफमा आफै मैदानमा ढलेका हुन् । खेलको ४२ औँ मिनेटमा साइडलाइनमा एक्ले हिँडिरहेका एरिक्सन मैदानमा लड्न पुगेका थिए ।तत्कालै मेडिकल टिम पुगेर उनको उपचारको प्रयास गरेका थिए । करिब २० मिनेटसम्म एरिक्सनको मैदानमा नै उपचारको प्रयास गरेपछि

मैदानमा अचेत भएर ढले एरिक्सन, डेनमार्क र फिनल्याण्डको खेल रोकियो

काठमाडाैं : युरो कपअन्तर्गत जारी खेलमा डेनमार्कका खेलाडी क्रिस्टियन एरिक्सन मैदानमै लडेका छन्। समूह 'बी' अन्तर्गत आज राति पाैने १० बजे फिनल्याण्डविरुद्ध भएको खेलमा इन्टरमिलानका स्ट्राइकर इरिक्सनको ढलेका हुन्। उनी घाइतेभएसँगै यस खेल पनि रद्द गरिएको छ।खेलको ४३ औं मिनेटमा इरिक्सन घाइते हुन पुगेका थिए। रेफ्री एन्थोनी टेलरका दुवै खेलाडीहरूले अवस्था हेरेर गम्भीरतासाथ तुरुन्तै मेडिकल टिम बोलाएका थिए। उनी मैदानमा एक्कासि लडेका थिए। उनलाई हृदयघात भएको

ल्युक फ्लेचर बलले लागेर क्रिजमै ढले, समित पटेलको रुवावासी

इङ्ल्यान्डको बर्मिङ्घमस्थित एट्बस्टन क्रिकेट मैदानमा शनिवार दर्शकहरु स्तब्ध देखिए, जब बर्मिङघमका ब्याट्सम्यान सेम हेनको कडा प्रहार सिधै नटिङ्घमसायरका बलर ल्युक फ्लेचरको टाउकोमा ड्याम्म लाग्यो। यतिबेला सबैले केही वर्षअगाडि ब्याटिङ गर्ने क्रममा बलले लागेर ज्यान गुमाएका अस्ट्रेलियाली ब्याट्सम्यान फिलिप ह्युजको स्मरण गरेका थिए। फ्लेचर बलले लागेर क्रिजमै ढले। तर, भाग्यले उनी बाँच्न सफल भए। हेनको स्ट्रेट…