पुस १, काठमाडामैं । माइखोला हाइड्रोपावर लिमिटेडले प्रथम वार्षिक साधारण सभा पुस २२ गते गर्ने भएको छ ।
सभा बिहान ९ बजे कम्पनीको केन्द्रिय कार्यालय अनामनगर, काठमाडौंमा गर्ने जानकारी गराएको हो । सभाले आईपीओ निष्कासन गर्नका लागि विद्युत् नियमन आयोगबाट पूर्व स्वीकृति लिने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी, आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।