क्रिप्टो माइनिङको बेला

पर्यटन र जलविद्युत्को विकासबाट प्रतिव्यक्ति आम्दानी निकै बढाउन सफल भुटानले अहिले अर्थतन्त्रको विस्तारका लागि वैकल्पिक स्रोतको खोजी गर्दै क्रिप्टो माइनिङमा लाग्ने निर्णय गरेको छ । क्रिप्टो माइनिङ गर्ने सिंगापुरस्थित बिटडिलरले भुटानमा १ सय मेगावाट क्षमताको क्रिप्टो माइनिङ डेटा सेन्टर निर्माण गर्ने योजना बनाएको छ । क्रिप्टो माइनिङका लागि ठूलो परिमाणमा ऊर्जा आवश्यक पर्छ । भुटानले सस्तो, भरपर्दो र नवीकरणीय ऊर्जा प्रदान गर्र्ने भएकाले त्यहाँ माइनिङको योजना अघि सारिएको हो । यसले अर्थतन्त्रलाई विभिन्न किसिमले गति दिन्छ । जलस्रोतमा भुटानभन्दा धनी भएर पनि नेपालले यसको सम्भाव्यता दोहन गर्न सकेको छैन । विद्युत् खपत निकै हुने क्रिप्टो माइनिङ नेपालका लागि पनि निकै उपयोगी वरदान साबित हुन सक्छ । क्रिप्टो करेन्सी डिजिटल पैसा हो जसलाई कुनै पनि केन्द्रीय बैंकले जारी गरेको होइन । अहिले विभिन्न नामका क्रिप्टो करेन्सी सञ्चालनमा छन् । ती भौतिक मुद्रा नभए पनि विश्वका प्रमुख बजारमा सर्वस्वीकार्य भइसकेको छ । यसमा सर्वसाधारणको लगानी बढ्दो छ । क्रिप्टो करेन्सी माइनिङ अर्थात् उत्खनन गर्न सकिन्छ जसका लागि विशेष प्रकारको कम्प्युटर र सफ्टवेयरको प्रयोग हुन्छ । यसका लागि ठूलो परिमाणमा बिजुली आवश्यक पर्छ । भारतमा क्रिप्टोमा लगानी खुला गरिएको छ र यसबाट हुने आम्दानीमा ३५ प्रतिशतसम्म कर लगाइएको छ । नेपालले पनि माइनिङ गर्न दिने हो भने धेरै नै लाभ लिने देखिन्छ । उदाहरणको लागि जलविद्युत् निर्माणका लागि नेपालको कुनै खोला वा नदी नै क्रिप्टो माइनिङलाई जिम्मा लगाउन सकिन्छ । यसो हुँदा एकातिर लगानीकर्ता झुमिन्छन् भने अर्कोतर्फ सरकारलाई कर असुलीको नयाँ बाटो खुल्छ । सरकारले कारोबार गरेकै आधारमा पनि शुल्क लिने व्यवस्था गर्न सक्छ ।  अहिले सरकार राजस्व कम उठेर स्रोतको दबाबमा छ । आयात खुलाउँदा पनि समस्या देखिएको छ र नियन्त्रण गर्दा पनि समस्या आइरहेको छ । यो समस्याको समाधान गर्न माइनिङ सहयोगी हुने देखिन्छ । क्रिप्टोको मूल्यमा निकै ठूलो उतारचढाव हुने र विदेशी मुद्रा बाहिरिने भएकाले राष्ट्र बैंकले यसमा लगानी गर्न प्रतिबन्ध लगाएको छ । यो आफ्नो ठाउँमा ठीकै होला तर यो सोच अब त्यति प्रभावकारी देखिँदैन । किनकि विदेशमा बसेका नेपालीले विदेशमै रहेका थुपै्र क्रिप्टोमा लगानी गर्न सक्छन् । कानूनी रूपमा क्रिप्टोमा लगानी गर्न नपाउने व्यवस्था हुँदा पनि हजारौं नेपालीले यसमा लगानी गरेको अनुमान छ । त्यसैले अब यसलाई परम्परावादी आँखाले मात्र नहेरी यो अर्थतन्त्रको विकासका लागि महत्वपूर्ण हुन्छ भनेर बुझ्न आवश्यक छ । किनकि विश्वका आर्थिक रूपले सम्पन्न कैयन् मुलुकले क्रिप्टोलाई कानूनी हैसियत प्रदान गरिसकेका छन् । लाभ नहुने भए विकसित मुलुकले पक्कै पनि यसो गर्दैनथे । क्रिप्टोमा लगानी गर्दा नेपाली नागरिक समस्यामा पर्छन् भन्ने लाग्छ भने भने नेपालीलाई रोक लगाउन नसकिने होइन, जसरी क्यासिनो प्रवेशमा नेपालीलाई रोक लगाइएको छ ।  यति मात्र नभई नेपालमा बिजुली खपत गराउने प्रभावकारी माध्यम पनि माइनिङ हुन सक्छ । समुदायमा आधारित हाइड्रोपावर नै क्रिप्टो माइनिङका लागि प्रयोग गर्न सकिन्छ । यसो गर्न सक्दा यसले नेपालको जलस्रोतको विकासका लागि ढोका खुल्छ । माइनिङ कम्पनीलाई नै जलविद्युत् उत्पादनका लागि स्वीकृति दिन सकिन्छ । प्राधिकरणले पनि बिजुलीको बजार खोज्दै भौंतारिनु पर्दैन । यसले रोजगारी सृजना पनि गर्छ । भुटानले सस्तो र पुनर्नवीकरणीय ऊर्जाकै कारण माइनिङका लागि योजना बनाएको हो ।  क्रिप्टोकरेन्सी बिटक्वाइनले मात्र वार्षिक ४० देखि ४ सय ४५ टेरावाट ऊर्जा खपत गर्ने अनुमान केम्ब्रिज विश्वविद्यालयले गरेको छ । भुटानले समयसापेक्ष नीति लिएर प्रतिव्यक्ति आम्दानी निकै बढाइसकेको छ । नेपाल भने प्रत्येक कुरामा शंका उपशंका गर्ने र त्यसलाई कि अति नियन्त्रण कि अति खुला गर्ने नीति लिएर सधैं समस्यामा पर्दै आएको छ । माइनिङमा नियन्त्रण पनि यस्तै हो । यसलाई उचित नियमनसहित अनुमति दिने हो भने अर्थतन्त्रलाई विविध किसिमले लाभ मिल्ने निश्चित छ । अर्थतन्त्र माथि उठ्न नसकेको बेला क्रिप्टो माइनिङ अर्थतन्त्र सुधार गर्ने बलियो आधार बन्न सक्छ । त्यसैले समय सान्दर्भिक नीति र योजना बनाएर त्यतातर्फ लाग्ने बेला आएको छ । 

सम्बन्धित सामग्री

जापानबाट सातसय २१ मिलियन डलर क्रिप्टो करेन्सी चोरी

पाँच वर्षको अवधिमा जापानबाट ठूलो मात्रामा डिजिटल मुद्रा क्रिप्टो करेन्सी चोरी भएको तथ्य बाहिरिएको छ । उत्तर कोरियासंग आबद्ध ह्याकरले सन् २०१७ देखि २०२२ का ५ वर्षमा ७२१ मिलियन डलर बराबरको क्रिप्टो चोरी गरेको हो । बेलायती ब्लकचेन एनलाइसिस कम्पनी एलिप्टिकले सार्वजनिक गरेको रिपोर्टले अनुसार यो रकम गत सात वर्षमा विश्वभर भएको कुल क्रिप्टो चोरीको …

आईओएसमा पनि उपलब्ध भयो ओपेराको क्रिप्टो ब्राउजर, के के छन् फिचर ?

ओपेराको क्रिप्टो ब्राउजर आईओएसमा पनि उपलब्ध भएको छ । विन्डोज, म्याक र एन्ड्रोइडसँगै अब ओपेराको क्रिप्टो ब्राउजर आईओएसमा पनि उपलब्ध भएको हो ।   यस क्रिप्टो ब्राउजरमा क्रिप्टो वालेट पनि उपलब्ध रहेको छ, जसले इथेरियम, बिटकोइन लगायतका अन्य ब्लकचेन इकोसिस्टमलाई सपोर्ट गर्दछ । यसले प्रयोगकर्तालाई फियट करेन्सीको साथ क्रिप्टो क्वाइन खरिद गर्न र कुनै एक्सटेन्सबिना टोकन ट्रेड...

क्रिप्टो, हाइपर फन्डजस्ता कारोबार नियन्त्रणमा सरकार

काठमाडौं, चैत २। क्रिप्टो, हाइपर फन्डजस्ता कारोबारको नियन्त्रणमा सरकारले सक्रियता देखाएको छ । पछिल्ला दिनमा क्रिप्टो लगायत कारोबार गर्ने माध्यमदेखि कारोबार गर्नेहरू समेत नियन्त्रणमा आउन थालेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सी, हाइपर फन्डलगायत कारोबारको एप र वेबसाइट बन्द गर्ने प्रक्रिया थालेको छ भने प्रधानमन्त्री कार्यालय मातहतको राजस्व अनुसन्धान विभागले मंगलवार मात्रै […]

बहराइनमा वाइनान्सले पायो क्रिप्टो करेन्सी एक्सचेन्जर मान्यता

काठमाडौं, १ चैत । विश्वकै सबैभन्दा ठुलो क्रिप्टो करेन्सी एक्सचेन्जर वाइन्नासले बहराइनमा सेवा प्रदायकको मान्यता पाएको छ । मंगलबार त्यहाँको सेन्ट्रल बैंकले वाइन्नासलाई क्रिप्टो करेन्सी एसेटलाई साट्न लाइसेन्स दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेको छ । यो लाइसेन्स गल्फकै पहिलो भएको गल्फ कर्पोरेसन काउन्सिलले दाबी गरेको छ । बहराइनबाट प्राप्त गरेको यो लाइसेन्सले वाइनान्सको विश्वभर […]

सीआईबीले माग्यो क्रिप्टो र हाइपरफन्डमा संलग्न हुनेहरूको सूचना

२ फागुन, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले क्रिप्टो तथा भर्चुअल नेटवर्किङमा संलग्न नहुन सर्वसाधरणलाई आग्रह गरेको छ । ब्युरोले एक सार्वजनिक सूचना जारी गर्दै हाइपरफन्ड, डिजिटल नेटवर्किङ, भर्चुअल र क्रिप्टो करेन्सी कारोबार संलग्न नहुन र भएकाहरूबारे सूचना भए उपलब्ध गराउन अनुरोध गरेको छ  । नेपालमा यस्तो कारोबार अवैधानिक रहेको र यसबारे नेपाल राष्ट्र […]

क्रिप्टो करेन्सी कारोबारमा संलग्नलाई राष्ट्र बैंकले कडा कारबाही गर्ने

नेपाल राष्ट्र बैंकले गैर कानुनी भर्चुअल करेन्सी अर्थात् क्रिप्टो करेन्सी कारोबारमा संलग्नलाई कडा कारबाही गर्ने भएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले पछिल्लो समय बजारमा क्रिप्टो करेन्सी जस्ता गैरकानुनी भर्चुअल मुद्राहरूको कारोबार बढेको, कारोबार गर्न प्रेरित गरेको र सोझा साझालाई फसाउने कार्य बढेको सुनिएको भन्दै सो विषयप्रति बैंकको ध्यानाकर्षण भएको जनाएको हो । ‘हालका दिनहरुमा छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाइ भर्चुअल करेन्सी, क्रिप्टो करेन्सीहरुको कारोबार तथा प

क्रिप्टो डटकमका ४०० अकाउन्ट ह्याक

क्रिप्टो डटकमका सिईओले सयौँ अकाउन्टहरु ह्याक भएको स्वीकारेका छन् । विश्वको चौथो ठूलो क्रिप्टो एक्सचेन्जका सिईओ क्रिस मार्सजालेकले ४०० जना प्रयोगकर्ताको अकाउन्ट ह्याक भएको बताएका छन् । ह्याक कसरी गरियो भन्ने बारे कुनै पनि जानकारी रहेको छैन् । उनले ब्लुमबर्गसँग कुरा गर्दै डेटा ब्रिच भएको खुलाएका छन् । ४०० ओटा अकाउन्टबाट अनआधिकारिक कारोबार भएको पत्ता लागेको छ ।...

ब्रेभ ब्राउजरमा अब बिल्ट इन क्रिप्टो वालेट

ब्रेभ ब्राउजरमा अब बिल्ट इन क्रिप्टो वालेट उपलब्ध भएको छ । जस कारण प्रयोगकर्ताहरुले ब्राउजरमा एक्सटेन्सन थप्नु नपर्ने भएको छ । यसले कुनै पनि क्रिप्टोकरेनशी खरिद, विक्री र स्वाप गर्न दिन्छ । यो वलेटमा केही सुरक्षा कमजोरीहरु हुन सक्ने ब्रेभ ब्राउजरले बताएको छ । यो आत्म हिरासत वालेट हो । यसलाई प्रयोग गरेर क्रिप्टो मार्केट डेटालाई ट्रयाक गर्न सकिन्छ । यसले ईभिएम...