काठमाण्डाै - नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा चार लाख ८८ हजार रुपैयाँ चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीकलकण्ठ नगरपालिका–१० आसपासका क्षेत्रमा चोरी गर्ने गोकर्णेश्वर नगरपालिका–४ सुन्ताखानका ४२ वर्षीय राजु गुरुङलाई हिजाे बेलुका पक्राउ गरेको हो ।
गुरुङ यसअघि पनि पटक–पटक चोरी गर्ने कार्यमा संलग्न रहेको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
गुरुङ यसअघि २...