काठमाडौं : सप्तरीका एक ज्वेलर्स पसलबाट सुन चाँदीका गरगहना चोरी गर्ने २ व्यक्ति पक्राउ परेका छन्।पक्राउ पर्नेमा सप्तरी खडक नपा-५ का १९ वर्षीय उपेन्द्र मण्डल र २४ वर्षका जयराम मण्डल रहेका सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। उनका अनुसार उनीहरूको साथबाट सुनचाँदीका गरगहनासमेत बरामद भएको छ।यही साउन १८ गते राति बोदेबरसाइन नपा-५ स्थित बर्साइन बजारमा रहेको रूपेश ज्वेलर्समा चोरी भएको थियो। उनीहरूमाथि चोरी कसुर मुद्दामा जिल्ला अदालत सप्तरीबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय कड