पुष्कर बुढाथोकी नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षा र सीपको इतिहास ६ दशक लामो भइसकेको छ। पछिल्लो समय देशमा व्याप्त बेरोजगारीको अवस्था बढिरहेको बेला नेपालमा प्राविधिक शिक्षाप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढ्दो छ। अन्य शिक्षाको तुलनामा प्राविधिक शिक्षा अध्ययन गरेका विद्यार्थीले पढाइ सकाएलगत्तै रोजगारी पाउने सम्भावना धेरै हुन्छ। एसईईसी गरेका विद्यार्थीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम …