विराटनगर : सुनचाँदी चोरीमा संलग्न तीनजनालाई मोरङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।सुनचाँदी चोरीमा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरी आज (बिहीवार) जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।पक्राउ पर्नेमा विराटनगर–१२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक कामत र २२ वर्षीय श्रीकान्त दास रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रञ्जनकुमार दाहालले जानकारी दिए। डिएसपी दाहालका अनुसार पक्राउ पर्ने व्यक्तिमध्ये विवेक कामत चोरी मुद्दामा ९ महिनाको सजाय