सुर्खेत : पटक पटक चुनावी नारा बन्दै आएको जाजरकोट भेरी नगरपालिका १३ कुदुमा लिफ्टमार्फत सिँचाइ सुविधा पुगेपछि स्थानीयबासी खुशी भएका छन्।२ करोड ८० लाख रुपैयाँको लागतमा तीन ठाउँबाट भेरी नदीको पानी तानेर कुदुमा सिँचाइ सुविधा पुर्याएको हो। भारी मात्रामा खेतीयोग्य जमिन भएपनि सिँचाइको अभावमा वर्षाको याममा मात्र खेती गरिँदै आएको कुदुमा अब १२ महिना सिँचाइ सुविधा पुग्ने भएपछि कृषिजन्य वस्तुको उत्पादनमा वृद्धि हुने अपेक्षा लिइएको छ।खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालयको आर्थिक सहयोगमा भेरी नदी