काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पुनर्विचारको लागि पठाएपछि राष्ट्रिय सहमति आवश्यक भएको बताएकाे छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रपतिले पुनर्विचार गर्न भनेपछि अध्यादेशसँग जोडेर हेर्न नमिल्ने बताएका हुन्। उनले भने, ‘राष्ट्रपतिलाई विवादमा तान्न खोजियो। एमालेसँग जोडेर हेरियो। राष्ट्रपतिले पुनर्विचार गर्न भनेपछि अध्यादेशसँग जोडेर हेरिएको छ। अध्यादेशमा पुनर्विचार गर्ने व्यवस्था छैन। क