राष्ट्रपतिलाई भेटेर प्रचण्डले भने– नागरिकता विधेयकमा तपाईं र हाम्रो समान धारणा छ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नागरिकता विधेयकमा आफूहरू र राष्ट्रपति विद्यादेवी भण्डारीबीच समान धारणा रहेको बताएका छन् । बुधबार अपराह्न शीतल निवासमा राष्ट्रपतिलाई भेटेर उनले अंगीकृत नागरिकताबारे राष्ट्रपतिले राखेको चासो र आफहरूको धारणा समान रहेको तर संसद्मा यसमा राष्ट्रिय सहमति बन्न नसकेको बताएका हुन् । साथै अंगीकृतबारे अहिले कुनै कुनै नयाँ...

सम्बन्धित सामग्री

नागरिकता विधेयकमा सहजीकरण

राष्ट्रपतिबाट पुनर्विचारका लागि संसद्मा फिर्ता भएको नागरिकता विधेयक संसद्का दुवै सदनबाट पुनः पारित भएको छ। अब विधेयक प्रमाणीकरणमा अन्य कुनै विकल्प बाँकी छैनन्। यद्यपि सरकार र राष्ट्रपतिबीच दूरी बढेको भनेर निकै ठूलो हौवा पिटाउनेको सङ्ख्या पनि बाक्लो छ। यदाकदा केही विषयमा वास्तविकताभन्दा समाचारमा ठूलाठूला आन्दोलन हुन्छन्, विरोध देखिन्छन्। समाजमा भन्दा सञ्चारमाध्यममा यसको विशाल तर कृत्रिम स्पेश बन्छ । नागरिकता विधेयकमा पनि लगभग समान अवस्था विद्यमान छ। यद्यपि कुनै पनि सार्वजनिक सरोकारको विषयमा मतभेद दे

सरकारले नागरिकता विधेयक पास गरेर राष्ट्रघाती काम गर्यो : शंकर पोखरेल

नेकपा एमाले महासचिव शंकर पोखरेलले देश हितविपरीत नागरिकता विधेयक पास गरिएको आरोप लगाएका छन् । एमालेले सोमबार महँगी र भ्रष्टाचारको विरोधमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले नागरिकता विधेयक पास गरेर राष्ट्रघाती काम गरेको आरोप लगाए ।  नागरिकता विधेयकमा अङ्गीकृत नागरिकताका सम्बन्धमा छिमेकी मुलुक भारतमा रहेको व्यवस्था अनुरूप हुनुपर्नेमा सत्ता टिकाउने नाममा देशहित विपरीतको व्यवस्था गरेकोमा एमालेको आपत्ति रहेको उनको भनाइ छ । अंगीकृत नागरिकताका हकमा नेपाल र भारतमा समान कानुनी व्यवस्

गठबन्धन सरकार हटाउन संसद् विघटन गरेर निर्वाचनमा जानुपर्छ : पोखरेल

काठमाडौं : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान परमादेशी गठबन्धन सरकारले देशहित विपरीतको नागरिकता विधेयक पास गरेर राष्ट्रघाती काम गरेको आरोप लगाएका छन्। महँगी, भ्रष्टाचार र सरकारका राष्ट्रघाती कामको विरोधमा सोमबार राजधानीमा आयोजना गरेको वृहत् जनप्रदर्शनलाई सम्बोधन गर्दै उनले नागरिकता विधेयकमा अङ्गीकृत नागरिकताका सम्बन्धमा छिमेकी मुलुक भारतमा रहेको व्यवस्था अनुरूप हुनुपर्नेमा सत्ता टिकाउने नाममा देशको हित विपरीतको व्यवस्था गरेको दाबी गरेका हुन्। अंगीकृत नागरिकताका हकमा नेपाल र