विराटनगर : नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले केन्द्रीय सत्ता गठबन्धनमा आबद्ध दलले तत्काल कोशी प्रदेश सरकारबाट बाहिरिनुपर्ने निर्णय गरेको छ।विराटनगरस्थित प्रदेशसभा सचिवालयमा आज (बिहीबार) बसेको दलको बैठकले १० दलमा आबद्ध रहेको माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले तत्काल सरकारबाट बाहिरिन आग्रह गर्ने निर्णय गरेको हो।बैठकको निर्णयबारे जानकारी दिँदै कांग्रेस संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेशमा कांग्रेस अप्ठ्यारो परिस्थितिमा हिँड्नु परेको बताए।थापा