विराटनगर : लामो रस्साकशीपछि कोशी प्रदेश सरकारले पूर्णता पाए पनि मुख्यमन्त्री कार्कीको स्वभावका कारण चर्को विरोध हुन थालेको छ।गत असोज २७ गते गठबन्धनबाट विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले शुक्रवार ४ मन्त्री र २ राज्यमन्त्री नियुक्त गरे।तर सरकार विस्तार गर्दा मुख्यमन्त्री कार्कीले गठबन्धनमा भएको सहमति उल्लंघन गरेको भन्दै सत्ता गठबन्धन दलभित्रैबाट असन्तुष्टि उब्जिएको थियो। सहयात्री दल एकीकृत समाजवादी र आफ्नै दल नेपाली कांग्रेसले मुख्यमन्त्री कार्की गठबन्धनको भावनाविपरीत