विराटनगर : कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच वार्ता हुने भएको छ।गत वर्ष फागुन १७ गते तत्कालीन प्रदेश १ ले कोशी नाम पाएसँगै पहिचानको आधारमा नामकरण हुनुपर्ने मागसहित सडक आन्दोलनमा उत्रिएका पहिचान पक्षधर वार्तामा बस्ने भएका हुन्।पुनःनामकरण संघर्ष समितिको आज (बुधवार) बसेको बैठकले वार्तामा आउने निर्णय भएको संघर्ष समितिका संयोजक डकेन्द्रसिंह थेगिमले जानकारी दिए। थेगिमका अनुसार वार्ता भोलि (बिहीवार) हुने भएको छ।‘भर्खर हामीले बैठक सम्पन्न गरेका छौँ, सरकारले वार्ताको लागि आह्वान गरेक