शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष नवज नियुक्त चार मन्त्रीले र मुख्यमन्त्री केदार कार्की समक्ष दुई जना राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथग्रहण गरेका हुन्।...
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बिहीबार पद तथा गोपनीयताको सपथ लिने भएका छन्। दिउँसो ४ बजे प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको सपथ कार्यक्रम तय भएको हो।रावललाई प्रदेश प्रमुख देवराज जोशीले सपथ खुवाउनेछन्। संविधानको धारा १६८ को उपधारा (२) अनुसार रावल बुधबार मुख्यमन्त्री नियुक्त भएका थिए।यसैबीच रावलले बिहीबार नै सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। सत्तारुढ गठबन्धनको प्रमुख दल माओवादी केन्द्र र एमालेबाट दुई जना मन्त्री बनाउने तयारी रावलले
काठमाडौं, ६ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्री कार्यालयले आज विहान खड्कालाई परराष्ट्र मन्त्रीमा नियुक्त गरेको पत्रसमेत राष्ट्रपति कार्यालयलाई पठाइसकेको छ । खड्काको सपथ आज दिउँसो १ बजेलाई तय भएको छ । उनी आजै राति संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने पनि कार्यक्रम तय भएको छ […]
काठमाडौं, २ भदौ । बाग्मती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सपथग्रहण गरेकी छिन् । सपथ ग्रहण लगत्तै मुख्यमन्त्री शाक्यले दुई मन्त्री नियुक्त गरेकी छन् । उनले केशव पाण्डेलाई आन्तरिक मामला तथा भौतिक पूर्वाधार मन्त्री तथा कृष्ण खनाललाई सामाजिक विकास मन्त्री नियुक्त गरेकी हुन् । नेकपा (एमाले) विभाजन भएको र माधव नेपालले नेकपा एमाले (समाजवादी) नामको […]
सर्वोच्च अदालतको परमादेशबमोमिज प्रधानमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सपथ लिएका छन्। शीतलनिवासमा मंगलबार साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनीयताको सपथ दिलाएकी हुन्। प्रधानमन्त्रीसँगै अन्य मन्त्रीहरुले पनि सपथ लिएका छन्। गृहमा बालकृष्ण खाँण, अर्थमा जनार्दन शर्मा, ऊर्जामा पम्फा भुसाल र कानुनमा ज्ञानेन्द्र कार्कीले सपथ लिएका हुन्। समारोहमा गठबन्धन […]
पोखरा : गण्डकी प्रदेशका पुननियुक्त मन्त्री दीपक मनाङे (राजीव गुरुङ)ले पद तथा गोपनियताको सपथ लिएका छन्। आइतबार गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले पद तथा गोपनीयताको सपथ दिलाएकी हुन्।
गत विहीबार दोस्रो पटक मन्त्रिमण्डल विस्तार भएपछि मन्त्रीमा पुन: नियुक्त भएका मनाङे काठमाडौं बाहिर रहेकाले सपथ लिन भ्याएका थिएनन्। आज सपथ लिएका…
पोखरा, ५ जेठ । दिपक मनाङे दोस्रोपटक मन्त्री भएका छन् । उनी गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री नियुक्त भएका छन् । तर, गण्डकी प्रदेशबाहिर भएकाले सपथ लिन पुगेनन् । मनाङले पछि सपथ लिने जानकारी दिएको बुझिएको छ । आज प्रदेश प्रमुख सीता पौडेलले मन्त्री नियुक्त भएका ५ मध्ये ४ मन्त्रीलाई सपथ गराएकी छिन् । सपथ […]
काठमाडौं : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनियताको सपथ लिएका छन्। प्रदेश प्रमुख सीता पौडेलले गुरुङलाई सपथ गराएकी हुन्। यसअघि अविश्वासको प्रस्ताव दर्ता भएपछि गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। उनको राजीनामापछि प्रदेश प्रमुख पौडेलले दलहरूलाई बहुमतको सरकार गठनको लागि बुधबार दिउँसो ४ बजेसम्मको समय दिएकी थिइन्।यो अवधिमा विपक्षीले बहुमत जुटाउन नसकेपछि संविधानको धारा १६८ (३) बमोजिम ठूलो दलको संसदीय दलको नेताका हैसियतले गुरुङ पुनः मुख्यमन्
काठमाडौँ । पुनः नियुक्त भएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पद तथा गोपनियताको सपथ लिएका छन् । मन्त्री थापाले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका हुन् । मन्त्री थापाले संविधानको धारा ८० बमोजिम मन्त्री पदको सपथ लिएको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि राष्ट्रिय सभाको पद गुमेसँगै मन्त्रीबाट मुक्त भएको थापालाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी...
The post पुनः नियुक्त भएका गृहमन्त्री थापाले लिए सपथ appeared first on Purbeli News.
काठमाडौं। रामबहादुर थापा बादल पुनः गृहमन्त्रीमा नियुक्त भएका छन्। नेकपा माओवादी केन्द्रले दल त्यागको पत्र संसद सचिवालयलाई पठाएपछि राष्ट्रियसभा सदस्य पद गुमाएका उनलाई संविधानको धारा ७८ अनुसार पुनः मन्त्रीमा नियुक्त गरिएको हो। उनको आजै साँझ ५ बजे सपथ हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।