पुन: मुख्यमन्त्री नियुक्त गुरुङले लिए सपथ

काठमाडौं : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनियताको सपथ लिएका छन्। प्रदेश प्रमुख सीता पौडेलले गुरुङलाई सपथ गराएकी हुन्। यसअघि अविश्वासको प्रस्ताव दर्ता भएपछि गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। उनको राजीनामापछि प्रदेश प्रमुख पौडेलले दलहरूलाई बहुमतको सरकार गठनको लागि बुधबार दिउँसो ४ बजेसम्मको समय दिएकी थिइन्।यो अवधिमा विपक्षीले बहुमत जुटाउन नसकेपछि संविधानको धारा १६८ (३) बमोजिम ठूलो दलको संसदीय दलको नेताका हैसियतले गुरुङ पुनः मुख्यमन्

सम्बन्धित सामग्री

सुदूरपश्चिममा मुख्यमन्त्रीको सपथ आज, २ मन्त्री नियुक्त हुने

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बिहीबार पद तथा गोपनीयताको सपथ लिने भएका छन्। दिउँसो ४ बजे प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको सपथ कार्यक्रम तय भएको हो।रावललाई प्रदेश प्रमुख देवराज जोशीले सपथ खुवाउनेछन्। संविधानको धारा १६८ को उपधारा (२) अनुसार रावल बुधबार मुख्यमन्त्री नियुक्त भएका थिए।यसैबीच रावलले बिहीबार नै सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। सत्तारुढ गठबन्धनको प्रमुख दल माओवादी केन्द्र र एमालेबाट दुई जना मन्त्री बनाउने तयारी रावलले

राजेन्द्र पाण्डे वाग्मती प्रदेशको मुख्यमन्त्री नियुक्त हुँदै

काठमाडौं, कात्तिक ११। वागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन् । गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने निश्चित भएको छ । उनको सपथ ग्रहण पनि आजै हुनेछ । मुख्यमन्त्रीका लागि पाण्डेले बुधबार नै प्रदेश प्रमुख समक्ष दावी पेश गरिसकेका छन् । गठबन्धनका ४ वटा दलको समर्थनमा पाण्डेले मुख्यमन्त्री […]

बागमतीमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदै

मकवानपुर । बागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका संसदीयदलका नेता मुख्यमन्त्री बन्ने निश्चित भएको छ । उनको सपथ ग्रहण पनि आजै हुनेछ । मुख्यमन्त्रीका लागि पाण्डेले बुधबार नै प्रदेश प्रमुख समक्ष दावी पेश गरिसकेका छन् । गठबन्धनका ४ वटा दलको समर्थनमा पाण्डेले मुख्यमन्त्री पदमा दावी गरेका हुन् । पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र जसपाको ५९ जना सांसदहरुको समर्थन रहेको छ । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्

मुख्यमन्त्री आचार्यले लिए सपथ

काठमाडौं, १० भदौ । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पद तथा गोपनियताको सपथ लिएका छन् । बिहीबार प्रदेश प्रमुख प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष मुख्यमन्त्री आचार्यले सपथ लिएका हुन् । शेरधन राईले राजीनामा दिएपछि आचार्य आजै मुख्यमन्त्री नियुक्त भएका थिए । आचार्य लामो समयसम्म एमाले एकताको लागि सक्रिय थिए । अध्यक्ष केपी शर्मा ओलीकै […]

बागमतीमा अष्टलक्ष्मीले लिइन् मुख्यमन्त्रीको सपथ

हेटौंडा : बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पद तथा गोपनीयताको सपथ लिएकी छिन्। प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले शाक्यलाई पद तथा गोपनीयताको सपथ गराएका हुन्। मुख्यमन्त्रीबाट डोरमणि पौडेलले आजै दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख प्रसाईले शाक्यलाई मुख्यमन्त्री नियुक्त गरेका थिए। नियुक्तिलगत्तै प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री शाक्यले सपथ लिएकी हुन्। उनी नेपालकै पहिलो महिला मुख्यमन्त्री बन्न सफल भएकी छिन्। शाक्य नेकपा एमालेकी उपाध्यक्ष हुन्। वर

बजेट र नीति कार्यक्रम नयाँ ल्याउँछौं: मुख्यमन्त्री केसी

लुम्बिनीमा चार दलीय गठबन्धनको समर्थनमा माओवादी केन्द्रका मुख्यमन्त्री नियुक्त भएका छन्। उनले बुधबार बेलुका पद तथा गोपनीयताको सपथ लिए र लगत्तै कार्यभार सम्हाले। एमाले नेता शंकर पोखरेलको पूर्ववत् सरकारमा ३ वर्षजति सहयात्रा गरेका केसी मुख्यमन्त्री बन्दै गर्दा उनका सामु प्रदेशको विकास, बजेट, संरचना तयार गर्दै गरेको राजधानी र गठबन्धनलाई टिकाइराख्नुपर्ने चुनौती छन्। यी र यस्तै […]

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीले लिए सपथ

काठमाडौं : लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री कुलप्रसाद केसी र ६ जना मन्त्रीलाई बिहीबार साँझ सपथ गराएका हुन्। प्रदेश प्रमुख शेरचनले केसीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्। मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख शेरचनले सत्तारुढ गठबन्धनबाट थप ६ जन मन्त्री नियुक्त गरेका हुन्। केसीले जसपाका सुमन शर्मा रायमाझी, पुर्मती ढेँगा र सहसराम यादव, माओवादी केन

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पोखरेल नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।मुख्यमन्त्री पोखरेलले आजै सानो मन्त्रिमण्डल बनाएर सपथ ग्रहण गर्ने भएका छन् । वैशाख २९ मा दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख पौडेलले वैकल्पिक सरकार गठनका लागि आज दिउँसो ३ बजेसम्मको समय राखेर दाबी पेस गर्न आग्रह गर

गण्डकीमा फेरि पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री, आजै सपथ लिने

गोरखा : गण्डकीमा पृथ्वीसुब्बा गुरुङ पुनः मुख्यमन्त्री नियुक्त भएका छन्। गुरुङलाई  प्रदेश प्रमुख सीताकुमारी पौडेलले बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतले एमालेका संसदीय दलका नेता गुरुङ मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। उनले आज नै सपथ ग्रहण गर्ने तयारी गरेका छन्। गत वैशाख २६ गते गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले संविधानको १६८ (२) अनुसार ३ दिनभित्र बहुमतको हस्ताक्षरसहित मु