गोली लागेर घाइते नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तिर्थमालीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ। गोली तिर्थमालीको खुट्टामा लागेको र अवस्था सामान्य रहेको पारिवारिक स्रोतले बताएको छ। उनको ट्रमा सेन्टरमा उपचार हुँदै छ। शुक्रबार राति साढे ९ बजे बालुवाटरस्थित वर्षमानका दाइको घरमा बसिरहेको बेला अचानक नातिसमेत रहेका प्रहरी सहायक हवलदार प्रकाश पुनमगरले बोकेको पेस्तोल […]