धनगढी – सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीकाे सीमा क्षेत्रमा गोली लागेर एक जना घाइते भएका छन्। नेपाल भारत सीमा क्षेत्रमा पर्ने धनगढी उपमहानगरपालिका जुगेडामा गएराति दुई राउण्ड गोली चलेको हो। प्रहरीका अनुसार गोली लागेर एक जना स्थानीय घाइते भएका हुन्। प्रहरी स्रोतकाअनुसार सीमा क्षेत्रमा दुई राउण्ड गोली चलेको भएपनि गोली कसले चलाएको हो भन्ने खुलेको छैन। […]