महोत्तरीमा अज्ञात समूहको गोली लागेर युवक घाइते

काठमाडौं : महोत्तरीको औरहीमा अज्ञात समुहको गोली लागेर एक युवक घाइते भएका छन्।औरहीको बैरियामा अज्ञात समूहले चलाएको गोली लागेर बर्दिवास नगरपालिका १ निवासी ३० बर्षीय रोशन कोइराला घाइते भएका छन्। उनलाई उपचारका लागि बर्दिबासस्थित जनसेवा हस्पिटलमा राखिएको र थप उपचारका लागि काठमाडौं लग्ने तयारी भईरहेको बर्दिवास नगरपालिका १ का वडाध्यक्ष चुडामणी पोखरेल ९श्रृषि०ले जानकारी दिए।घाइते कोइरालाको अवस्था सामान्य रहेको र घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ। ‘