रुपन्देहीमा गोली लागेर एक जना घाइते

काठमाण्डाै - रुपन्देहीको ओमसतियामा गोली प्रहारबाट एक जना घाइते भएका छन् । नचिनेकाे मानिसले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का विकास गुरुङ घाइते हुनुभएको र गोली चलाउने व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । रुपन्देहीकै रोहिणी गाउँपालिका–१, बाइपासमा रहेको सिद्धार्थ कटेजमा पनि गएराति पेस्तोल देखाएर सुन र नगद लुटपाट भएको थियो । दुवै घटनामा एउटै समूह वा फरक समूह संलग्न रहेको भन्ने खुलिनसकेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।&nb...

सम्बन्धित सामग्री

धनगढीकाे सीमा क्षेत्रमा गोली लागेर एक जना घाइते

धनगढी – सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीकाे सीमा क्षेत्रमा गोली लागेर एक जना घाइते भएका छन्। नेपाल भारत सीमा क्षेत्रमा पर्ने धनगढी उपमहानगरपालिका जुगेडामा गएराति दुई राउण्ड गोली चलेको हो। प्रहरीका अनुसार गोली लागेर एक जना स्थानीय घाइते भएका हुन्। प्रहरी स्रोतकाअनुसार सीमा क्षेत्रमा दुई राउण्ड गोली चलेको भएपनि गोली कसले चलाएको हो भन्ने खुलेको छैन। […]

सुरक्षाकर्मीको गोली लागेर एकको मृत्यु, तीन घाइते

बाजुरामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु हुनाका साथै तीन जना गम्भीर घाइते भएका छन् । बाजुराको त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापाका अनुसार त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा गोली लागेर स्थानीय सञ्जीव ऐडीको घटनास्थलमै मृत्यु भएको हो । उनका अनुसार सुरक्षाकर्मीको गोली लागेर स्थानीय परशुराम पाध्याय, […]

प्रहरीको गोली लागेर बञ्चरेडाँडामा एक जना घाइते

काठमाडौँ – काठमाडौँको फोहोर लिएर बञ्चरेडाँडा गएको गाडी स्थानीयले रोकेसँगै सुरु भएको झडपका क्रममा एक युवक प्रहरीको गोली लागेर घाइते भएका छन्। घाइते हुनेमा स्थानीय करिब २५ वर्षीय युवक कमल तामाङ रहेको धुनीवेशी नगरपालिका-१ का  वडाअध्यक्ष मानबहादुर तामाङले जानकारी दिए। उनका अनुसार स्थानीय बासिन्दाले काठमाडौँबाट फोहोर लिएर गएको गाडी रोकेपछि प्रहरीले अवरोध हटाउने क्रममा रबरको […]

साथीले चलाएको गोली लागेर युवक घाइते, २ जना पक्राउ

१२ असार, सिरहा । सिरहाको लहानमा साथीले चलाएको गोली लागेर एक जना युवक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा लहान नगरपालिका-२२ बेल्ही जटियाहीका युवक दिलिप मुखियाँ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राचन्द्र साहले बताए । निरीक्षक साहका अनुसार दिलिपको पेटमा गोली लागेको छ भने उनलाई उपचारको लागि धरान लगिएको छ । घटना रविन […]

मृगलाई हानेको गोली लागेर एकजनाको मृत्यु

काठमाडौं : प्युठानको ऐरावती गाउँपालिका १ स्थित दाङवाङमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ। दोबाटो सामुदायिक वनको डाँडाथरीमा शिकार खेल्ने क्रममा २४ वर्षीय ज्ञानबहादुर नेपालीले मृगलाई हानेको गोली लागेर ३४ वर्षीय द्रोण आलेमगरको मृत्यु भएको हो।नेपालीसहित आइतबार बेलुका शिकार खेल्न गएका १० जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट दुई नाल भरुवा बन्दुक नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए। अन्य चार जना भने अझै फरार रहेको र

गोरखामा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते

गोरखामा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । भीमसेन थापा गाउँपालिका–२ ताराखसे मतदान केन्द्रमा गोली चलेको हो । काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ता बीच भएको झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाएको हो ।गोली लागेर मतदान केन्द्रमा खटिएकी स्वयंसेविका मनिषा थापा घाइते भएको प्रहरीले जनाएको छ। उनको तिघ्रामा गोली लागेको छ। गोरखाका प्रहरी प्रमुख एसपी केदार खनालले झडपलाई नियन्त्रणमा लिनेक्रममा घटना भएको बताए ।

मोतिपुर झडपः गोली लागेर मृत्यु हुनेको संख्या चार पुग्यो

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा भएको झडपमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ४ जना पुगेको छ ।

काबुलमा गोली लागेर १७ जनाको मृत्यु, ४१ घाइते

अफगानिस्तानमा गोली लागेर कम्तिमा १७ जनाको मृत्यु भएको छ। राजधानी काबुलको एक आपतकालिन अस्पतालका अनुसार गएराति तालिवानले हावामा चलाएको गोली लागेर थप ४१ जना घाइते भएका अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। शुक्रबार...

महोत्तरीमा अज्ञात समूहले चलाएको गोली लागेर एक जना घाइते

जनकपुरधामः महोत्तरीमा अज्ञात समूहले चलाएको गोली लागेर एक जना घाइते भएका छन्। औरही नगरपालिका ४ स्थित गौशाला-सम्सी सडक खण्ड अन्तर्गत बैरियामा चलेको गोलीबाट बर्दिवास नगरपालिका १ का ३० वर्षीय रोशन कोइराला घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए। अचार्यका अनुसार बुधबार बेलुका करिब ७:३० बजेतिर गोली…

गोली लागेर एक जना गम्भीर घाइते

बैतडी : गोली लागेर बैतडीमा एक जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा जिल्लाको मेलौली नगरपालिका–३ ढडौनका २५ वर्षीय लक्ष्मण चन्द छन्।जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक धामीका अनुसार लक्ष्मणलाई जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसकेपछि थप  उपचारका लागि धनगढी रेफर गरिएको छ। प्रहरीका अनुसार लक्ष्मणको घाँटीमा गोली लागेको छ। घरमै शनिबार बिहान ३ बजे गोली लागेको भन्ने खबर आएको प्रहरीले जनाएको छ। घटनाबारे ढिलोगरी जानकारी आएको र थप अनुसन्धानका लागि प्रहरी घटनास्थल गएको