विद्यालयको शुल्क मिनाहाको माग गर्दै अखिल क्रान्त्रिकारीले बुझायो सिडिओलाई ज्ञापनपत्र

वीरगञ्ज– सरकारी आदेशको अवज्ञा गर्दै वीरगञ्जमा विद्यालय सञ्चालन गरिएको तथा लकडाउन अवधिभरिको विद्यालयको शुल्क मिनाहा गर्न माग गर्दै नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पर्साका प्रमुख जिल्ला अधिकारीसहित सम्बन्धित निकायमा मंगलबार ज्ञापन ज्ञापन पत्र बुझाएको छ। अखिल क्रान्तिकारीले पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे र वीरगञ्ज महानगरपालिकाको शिक्षा शाखामा ज्ञापन पत्र बुझाएको हो। […]

सम्बन्धित सामग्री

तीन महिनामा परीक्षाफल निकाल्ने अखिल क्रान्तिकारीको प्रतिबद्धता

काठमाडौं : नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले वार्षिक तीन महिनामा परीक्षाफल निकाल्ने  प्रतिबद्धता जनाएको छ।बिहिबार अखिल क्रान्तिकारीले स्ववियु चुनावको घोषणा पत्र सार्वजनिक गर्दै यस्तो प्रतिबद्धता जनाएको हो।अखिल क्रान्तिकारीले सेमेष्टर प्रणालीमा १ महिनाभित्रै परीक्षाफल निकाली सक्ने ग्यारेन्टी गरेको छ। ‘देश निमार्णको भारी, बोक्छ अखिल क्रान्तिकारी’ भन्ने नारासहित सार्वजनिक गरिएको घोषणापत्रमा विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षा गुणस्तर र प्राविधिक हुनुपर्नेम

अखिल क्रान्तिकारीको तीन महिने अभियान सुरु

अखिल क्रान्तिकारीले विद्यार्थीसँग अखिल (क्रान्तिकारी) भन्ने नाराका साथ ३ महिने अभियान संचालन गर्ने भएको छ । माओवादी केन्द्रको भ्रातृ संगठन रहेको अखिल क्रान्तिकारी प्रदेश १ समितिको धरानमा बसेको बैठकले उक्त अभियान संचालन गर्नका लागि विभिन्न चार वटा कमाण्ड छुट्याएको छ । जसअनुसार उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको एउटा, सुनसरी, झापा र मोरङको दोस्रो, धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुमको तेस्रो तथा इलाम, पाँचथर र ताप्लेजुङको चौथो कमाण्ड निर्माण गरेको हो । उक्त कमाण्डमा प्रदेशका उपाध्यक

‘उत्पादनसँग अखिल क्रान्तिकारी’

उत्पादनसँग क्रान्तिकारी भन्ने नारासहित माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मोरङ गाछी र फलफुलका बोटविरुवा गाउँगाउँ पुग्ने भएको छ । उत्पादनसँग अखिल क्रान्तिकारी भन्ने तीन महिने अभियान सफल बनाउन अखिल क्रान्तिकारी...

अखिल क्रान्तिकारीमा देखिएको विवाद साम्य

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा देखिएको विवाद तत्कालका लागि साम्य भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले अखिल क्रान्तिकारीका दुबै पक्षसँग छलफल गरेपछि विवाद साम्य भएको हो ।अखिल क्रान्तिकारी अध्यक्ष पन्चा सिंह भएपनि महासचिवका दाबेदार पवन कार्कीले समानान्तर कमिटी चलाएपछि विवाद चुलिएको थियो । पार्टी अध्यक्ष प्रचण्डले सोमबार विहान दुबै पक्षलाई बोलाएर छलफल गरेपछि विवाद साम्य भएको अखिल क्रान्तिकारीका पवन कार्कीले बताए । दुबै पक्षबीचको छलफलमा एक भई जाने सहमती भ

अखिल फोर्सले गर्‍यो शक्ति प्रदर्शन

नेकपा एमालेको माधव नेपाल पक्षनिकट अखिल फोर्सले शक्ति प्रदर्शन गरेको छ । शनिबार काठमाडौंको माइतीघर मण्डलामा अखिल फोर्सले शक्ति प्रदर्शन गरेको हो

नेपाल पक्षीय अखिल फोर्स गठन

नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले अखिल फोर्स गठनको घोषणा गरेको छ ।बिहीबार अनेरास्ववियु केन्द्रीय कमिटीले उपत्यकास्तरीय कार्यकर्ता भेला गर्दै अखिल फोर्स गठनको घोषणा गरेको हो । तपेन्द्रजंग शाहीको नेतृत्वमा ५०१ सदस्यीय अखिल फोर्स गठन गरिएको अनेरास्ववियु अध्यक्ष सुदेश पराजुलीले बताए । उनले वरिष्ठ नेता नेपाल लगायतका […]

नेपाल समूहले गर्‍यो अखिल फोर्स गठन

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका विद्यार्थीहरुले अखिल फोर्स गठन गरेका छन् । तपेन्द्रजंग शाहीको संयोजकत्वमा अखिल फोर्स गठन गरिएको हो । अध्यक्ष केपी शर्मा ओली निकट युवाहरुले युथ फोर्स बनाएपछि त्यसलाई काउण्टर दिन अखिल फोर्स गठन गरिएको हो । अखिल फोर्सले शैक्षिक क्षेत्रमा हुने बेथिति विरुद्ध लड्नुका साथै नेताहरुको सुरक्षामा खटिने […]

कपिलवस्तुमा अखिल (छैठौं) को हाजिरीजवाफ प्रतियोगिता

केरसिंह अदै/तौलिहवा ।। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) कपिलवस्तुले आज माघ १० गते खरेन्द्रपुरमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । अखिल (छैठौं) का जिल्ला सचिवालय सदस्य टिना अदैको उपस्थिति तथा अखिल (छैठौं) शिवराज नगर समिति अध्यक्ष सञ्जिला बुढामगरको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो । प्रतियोगितामा ६० वटा प्रश्न चार वटा ग्रुप बनाएर सोधिएको थियो, जसअनुसार खरेन्द्रपुर ग्रुप, चनौता ग्रुप, नयाँबस्ती ग्रुप र मधवा धनगदव ग्रुपमा विभाजन गरिएको थियो । कार्यक्रममा खरेन्द्रपुर ग्रुपले २१ प्रश्नको जवाफ दिएर प्रथम भएको थियो । त्यसैगरी नयाँबस्ती ग्रुपले १० वटा प्रश्नको जवाफ दिएर दोस्रो स्थान प्राप्त गरेको थियो । मधवा धनगडवा ग्रुपले आठ प्रश्नको जवाफ दिएर तेस्रो स्थान लिएको थियो । चनौता ग्रुपले छ वटा प्रश्नको जवाफ दिएर चौथो स्थान हासिल गरेको थियो । प्रतियोगिता अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (छैठौं) जिल्ला समितिले कपी, डटपेनलगायत पुरस्कारको व्यवस्था गरेको थियो । कार्यक्रममा अखिल (छैठौं) शिवराज नगर समितिकी कोषाध्यक्ष भारती भण्डारी, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य तथा राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार केरसिंह अदैको पनि उपस्थिति रहेको थियो ।

इटहरीमा अखिल (छैठौं) को मसाल जुलुस

नवराज पाण्डे (नवीन)/इटहरी ।। प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा अखिल (छैठौं) ले सुनसरीको इटहरीमा मसाल जुलुस सम्पन्न गरेको छ । अखिल (छैठौं) १ नम्बर प्रदेश समितिको आयोजनमा २०७७ माघ २ गते साँझ मा मसाल जुलुस सम्पन्न गरिएको हो । अखिल (छैठौंं केन्द्रीय कमिटीको आयोजनामा देशव्यापी रूपमा २०७७ माघ २ गते मसाल जुलुस सप्पन्न भएको छ। कोणसभालाई सम्बोधन गर्दै अखिल (छैठौं) का केन्द्रीय सचिवालय सदस्य नवीन पाण्डेले संविधानलाई कुल्चेर केपी ओलीले प्रतिनिधि सभा विघटन गर्नु अलोकतान्त्रिक कदम हो र यसले जातिवादी र क्षेत्रीयताबादी सल्बलाएको बताउनुभयो । मसाल जुलुस तथा कोणसभा प्रहरी दमनको बिच पनि शानदार रूपमा सम्पन्न भयो। उक्त मसाल जुलुस तथा कोणसभामा सुनसरी जिल्लाको राष्ट्रिय जनमोर्चाका नेताहरुको उपस्तिथि रहयो। कोणसभाको सञ्चालन अखिल (छैठौं) का केन्द्रीय सदस्य देवेन्द्र पौडेलले गर्नुभएको थियो ।

कपिलवस्तुमा अखिल (छैठौं) को राँकेजुलुस

नवराज पौडेल/तौलिहवा ।। अखिल (छैठौं) कपिलवस्तुको आयोजनामा शिवराज नगरपालिका–३ खरेन्दपुरमा राँकेजुलुस प्रदर्शन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि विरोधमा उत्रिएको अखिल (छैठौं) को केन्द्रीय निर्देशनअनुसार खरेन्द्रपुरमा राँकेजुलुस प्रदर्शन गरिएको हो । राँकेजुलुसपछि भएको कोणसभालाई सम्बोधन गर्दै अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुँवरले प्रधानमन्त्री ओलीको कदम गैरसंवैधानीक भएकाले संसद पुनःस्थापनाको विकल्प नभएको बताउनुभयो । उहाँले आवश्यक परे विद्यार्थीहरुले २०६२–६३ को जनन्दोलनजस्तै प्रदर्शन गर्ने चेतावनी दिनुभयो । प्रधानमन्त्री ओलीले नेपाली जनताको मतलाई कुठाराघात गरेको पनि उहाँले बताउनुभयो । कार्यक्रममा अखिल (छैठौं) का केन्द्रीय सदस्य तथा जिल्लाध्यक्ष रिसव आचार्यले प्रधानमन्त्रीको कदम विरुद्ध एक हुनुपर्ने बताउनुभयो । उहाँले सबै विधार्थी सङ्गठनलाई मिलेर प्रदर्शन गर्नसमेत आग्रह गर्नुभयो । राँकेजुलुसमा अखिल नेपाल टे्रड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य केरसिंह अदै, समता समाजका जिल्लाध्यक्ष झकबहादुर विक, सचिव प्रकाश बराल, राजमोका जिल्ला कोषाध्यक्ष चेतनारायण खनाललगायतको उपस्थिति रहेको सो कार्यक्रमको सञ्चालन टिना अदैले गर्नुभएको थियो ।