नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा देखिएको विवाद तत्कालका लागि साम्य भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले अखिल क्रान्तिकारीका दुबै पक्षसँग छलफल गरेपछि विवाद साम्य भएको हो ।अखिल क्रान्तिकारी अध्यक्ष पन्चा सिंह भएपनि महासचिवका दाबेदार पवन कार्कीले समानान्तर कमिटी चलाएपछि विवाद चुलिएको थियो । पार्टी अध्यक्ष प्रचण्डले सोमबार विहान दुबै पक्षलाई बोलाएर छलफल गरेपछि विवाद साम्य भएको अखिल क्रान्तिकारीका पवन कार्कीले बताए । दुबै पक्षबीचको छलफलमा एक भई जाने सहमती भ