अखिल क्रान्तिकारीको तीन महिने अभियान सुरु

अखिल क्रान्तिकारीले विद्यार्थीसँग अखिल (क्रान्तिकारी) भन्ने नाराका साथ ३ महिने अभियान संचालन गर्ने भएको छ । माओवादी केन्द्रको भ्रातृ संगठन रहेको अखिल क्रान्तिकारी प्रदेश १ समितिको धरानमा बसेको बैठकले उक्त अभियान संचालन गर्नका लागि विभिन्न चार वटा कमाण्ड छुट्याएको छ । जसअनुसार उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको एउटा, सुनसरी, झापा र मोरङको दोस्रो, धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुमको तेस्रो तथा इलाम, पाँचथर र ताप्लेजुङको चौथो कमाण्ड निर्माण गरेको हो । उक्त कमाण्डमा प्रदेशका उपाध्यक

सम्बन्धित सामग्री

माओवादीले लुम्बिनीमा तीन महिने अभियान चलाउने, तोकियो जिल्ला संयोजक

३२ साउन, दाङ । नेकपा माओवादी केन्द्रले भदौ १६ देखि सुरु गर्न थालेको तीन महिने अभियानको तयारी लुम्बिनी प्रदेशमा थालेको छ । ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने मूल नाराका साथ माओवादी केन्द्रले देशैभरि एकैपटक ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सुरु गर्दैछ । त्यही अनुरुप माओवादी केन्द्रले लुम्बिनी प्रदेशमा पनि अभियानको तयारी थालेको हो । लुम्बिनी […]

प्यारासुट नेचुराल स्याम्पुको एक महिने अभियान

प्यारासुट नेचुराल स्याम्पुकोले नेपाली महिलाहरुलाई लक्षित गरी आफ्नो ‘संगीको साथ साउन’ नामक एक महिने अभियान सुरु गरेको छ ।उक्त अभियानमार्फत ब्राण्डले बृहत् सेवाग्राहीसँगको आफ्नो सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्य लिएको जनाएको छ ।“संगीको साथ साउन’ विशेषगरी प्रकृति, हेना, हरियो पहिरन जस्ता साउने संक्रान्तिका विषयवस्तुहरुमा आधारित महिला मित्रहरुमा केन्द्रित अभियान हो”, कम्पनीले भनेको छ, “प्यारासुट स्याम्पु […]

मोरङमा काँग्रेसको चुनावी अभियान सुरु

मोरङ । नेपाली काँग्रेसको ‘घरघर जाऔँ, काँग्रेस जिताऔँ’ एक महिने अभियान मोरङमा विराटनगर–८ स्थित भगवतीथानबाट सुरु भएको छ । सो अभियानका मोरङ संयोजक पार्टीका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी र अर्का सदस्य डा. डिला सङ्ग्रौलाले आइतबार यहाँ आयोजित कार्यक्रममा अभियान अन्तर्गत जनताको शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षाका सम्बन्धमा सुझाव सङ्कलन गरी समाधानको पहल गर्ने बताए । […]

कांग्रेसको एक महिने चुनावी अभियान आजदेखि

काठमाडौँ – सत्तासीन नेपाली कांग्रेस स्थानीय तह निर्वाचनलक्षित ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ एक महिने अभियान आज सुरु गर्दैछ। ३० वैशाखमा घोषित स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कांग्रेसले अभियान सुरु गर्न लागेको हो । कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय सदस्य खटाइएको छ । यो अभियानमा कांग्रेसले एमसीसी पारित गरिएको कारणबारे […]

कांग्रेसको एक महिने चुनावी अभियान आजदेखि सुरु हुँदै

काठमाडौं : नेपाली कांग्रेसले आजदेखि एक महिने चुनावी अभियान सुरु गर्दै छ। स्थानीय तह निर्वाचनलाई लक्षित गरेर कांग्रेसले एक महिने अभियान सुरु गर्न लागेको कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।अभियानको लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि परिचालन गरिसकिएको महतको भनाइ छ। चैत २९ गतेसम्म चल्ने अभियानमा नागरिकलाई पार्टीका एजेन्डाबारे जानकारी दिने र जनस्तरबाट आएका सुझाव सङ्कलन गर्ने कांग्रेसले जनाएको छ। स्थानीय तहको निर्वाचनको लागि माहोल बनाउनेलगायत आठ वटा मुद्दामा अभियान के

कांग्रेसले आजदेखि एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु गर्दै

काठमाडौं । नेपाली कांग्रेसले आजदेखि स्थानीय चुनावलाई लक्षित गरी एक महिने विशेष चुनावी अभियान संचालन गर्दैछ । यसका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ । सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको चुनाव गर्ने घोषणा गरेको छ । त्यसकै तयारीका लागि ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ भन्ने एक महिने अभियान सञ्चालन गर्न लागिएको कांग्रेसले जनाएको […]

चुनाव केन्द्रीत काँग्रेस : एक महिने अभियान, आठ उद्देश्य

नेपाली काँग्रेसले एक महिने स्थानीय निर्वाचन केन्द्रीत अभियान देशभर चलाउने भएको छ । अभियानका लागि काँग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने भएको छ । त्यसरी केन्द्रबाट खटिएर जाने प्रतिनिधिहरु अभियान सुरु हुनुभन्दा दुई दिन अघि नै जिल्लामा पुगिसक्नुपर्ने छ । आगामी फागुन २९ देखि चैत २९ सम्म ‘घरघर जाऔं,काँग्रेस जिताऔँ’ अभियान सञ्चालनका लागि काँग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय नेताहरुलाई प्रशिक्षण दिएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजि

कैलालीमा पार्टी प्रवेश गराउँदै राजमोको एक महिने अभियान सुरु

धनगढी । राष्ट्रिय जनमोर्चा, कैलालीले आज (शनिबार) देखि एक महिने संगठन र संघर्ष अभियानको सुरुवात गरेको छ । फूलबारीमा आयोजित एक कार्यक्रमबीच राजमोका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज मनोज भट्टले जिल्ला अध्यक्ष दयाराम सञ्ज्याललाई पार्टीको झण्डा हस्तान्तरण गरी अभियानको उद्घाटन गर्नुभएको हो । त्यस क्रममा नेकपा र नेपाली कांग्रेसलगायत विभिन्न पार्टी परित्याग गरी राजमोमा प्रवेश गर्नेहरुलाई नेता भट्टले पार्टीको सदस्यता र अबिर प्रदान गरी स्वागत गर्नुभयो । अभियानसँगै संसद विघटनको विरुद्धमा फूलबारीको पच्चीस घरमा मसाल जुलुस प्रदर्शन गरिएको छ । जुलुसमा राजमो केन्द्रीय सदस्य मनोज भट्टसँगै केन्द्रीय सदस्य एवम् प्रदेश अध्यक्ष नन्दराज भट्ट, अखिल नेपाल किसान संघका केन्द्रीय सदस्य हरिकृष्ण पाण्डे, राजमो प्रदेश सदस्य लक्षिराम आचार्यलगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । गत पुस २५ गते केलालीमा सम्पन्न राष्ट्रिय जनमोर्चा र सम्बद्ध जनवर्गीय संगठनहरुको संयुक्त भेलाले प्रतिनिधि सभाको पुनर्स्थापना, संघीयता खारेजी, भ्रष्टाचारको विरोध, राष्ट्रियता र गणतन्त्र रक्षाका लागि माघ महिनाभरी संघर्षका कार्यक्रम तय गरेको थियो । घोषित कार्यक्रम अनुसार माघ ३ गतेदेखि १६ गतेसम्म विभिन्न स्थानीय तहमा दैनिक विरोध सभाको आयोजना गरिनेछ भने माघ १६ गते अत्तरियामा विशाल जनसभाको आयोजना गरिनेछ । भेलाले माघ १७ देखि फागुन १ गतेसम्म संगठन निर्माणको योजना बनाएको थियो । राजमोले कार्यक्रमका दौरानमा दैनिक मसाल जुलुशको आयोजना गर्ने राजमो कैलालीले जनाएको छ । यो पनिः कैलालीमा पार्टी र जनवर्गीय संगठनको संयुक्त भेला, यस्ता छन् संघर्षका कार्यक्रम