सिद्धार्थनगर : बुद्ध जन्मस्थल लुम्बिनीमा बंगलादेशले बुद्ध विहार बनाउने भएको छ। नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरी र लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तय्याबीच लुम्बिनीमा बौद्ध विहार बनाउने सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ।
नेपाल र बंगलादेशबीच साँस्कृतिक तथा पर्यटकीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीमा बौद्ध विहार बनाउने गरी…