२१ साउन, काठमाडौं । ३० फागुन २०७२ मा नेपाल इन्भेष्टमेन्ट बैंकको केन्द्रीय कार्यालयको लकरमा १४ थान गोली फेला पर्यो । अकुत सम्पत्ति आर्जनको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने क्रममा एक अभियुक्तको लकर खोलिएको थियो । लकरमा सुनचाँदीजस्ता बहुमूल्य धातु नभई पेस्तोलका गोली राख्ने व्यक्ति कोही नभएर संविधानसभा सदस्य तथा पूर्वराज्यमन्त्री ल्यारक्याल लामा थिए […]