कृष्णनगरमा गोली लागि मृत्यु हुने भारतीय नागरिक

कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोलीबाट मृत्यु हुने भारतीय रहेको पुष्टि भएको छ । कफ्र्यु तोडेर गरिएको प्रदर्शनको नेतृत्व गरेका व्यक्तिमाथि प्रहरीले चलाएको गोली लागेको थियो । त्यसरी गोली लागेर मृत्यु हुनेमा भारतको सिद्धार्थ नगर जिल्लाका बासिन्दा रहेको पुष्टि भएको छ । उनी वढ्नीसंँग जोडिएको भारतीय भूभागमा स्थायी घर भएका व्यक्ति भएको पुष्टि हुन आएको कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशम्शेर जबराले बताउनुभयो ।

सम्बन्धित सामग्री

पर्सामा निसास्सिएर २ युवकको मृत्यु

२७ पुस, वीरगञ्ज । पर्सामा निसास्सिएर बुधबार राति दुई जनाको मृत्यु भएको छ । पर्साको वीरगञ्ज महानगरपालिका-२२ जगरथानपुर त्रिपति ट्रेडिङ एण्ड सप्लायर्स कोइला डिपोमा निसास्सिएर मृत्यु हुने दुबै जना भारतीय नागरिक हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा भारत बिहारको मोतिहारी घर भएका २९ वर्षका पवित्र गिरी र भारत नै घर भएका सोही डिपोका […]

पाल्पामा डुबेर भारतीय नागरिकको मृत्यु

पाल्पाको तिनाउमा डुबेर एक जना भारतीय नागरिक मृत्यु  भएको छ । तिनाउ गाउँपालिका वाड नं.३ ड्यामस्थित खोलामा पौडी खेल्न क्रममा डुबेर भारतीय नागरिक मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पौडी खेल्ने क्रममा भारतको गोरखपुरबाट घुम्न आएका अन्दाजी ३५ वर्षका अंकित श्रीवास्तवको मृत्यु भएको हो ।श्रीवास्तवको डुब्नासाथ उद्धार गरे प्रादेशिक अस्पताल बुटवलमा ल्याएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ  ।

अक्सिजन प्लान्ट विस्फोटमा मृत्यु हुने भारतीय नागरिक, दुई महिलासहित ६ जना घाइते

ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा मृत्यु भएका एकजनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा भारतका ४५ वर्षीय बृजमोहन महतो रहेको ललितपुर प्रहरीले बताएको छ ।  अक्सिजन ग्याँस भर्ने क्रममा ट्यांक बिस्फोट हुँदा भारत बिहारका ४५ वर्षीय महतोको मृत्यु भएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी भारतकै अर्का एकजना मजदुरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइतेमध्ये धेरै भारतीय नागरिक रहेको बुझिएको छ । घटनामा दुई महिलासमे

सर्लाही दुर्घटनाः मृतकमध्ये भारतीय नागरिक पनि

सर्लाहीमा आइतबार भएको बस दुर्घटनामा मृतक तथा घाइतेमध्ये केही भारतीय नागरिक भएको प्रहरीले पुष्टि गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले दिएको जानकारी अनुसार आइतबार बिहान करिब साढे ११ बजे सर्लाहीको फुलजोरमा भएको बस दुर्घटनामा परी मृत्यु भएका र घाइते भएका...

तस्कर र प्रहरीबीचकाे गोली हानाहानबाट एक भारतीयको मृत्यु एक पक्राउ

गाँजा तस्कर र प्रहरीबीच बुधबार राती सिम्रौनगढ नगरपालिका २ महुवाहीमा गोली हानाहान भएको छ। प्रहरीको गोलीबाट एक भारतीय गाँजा तस्करको मृत्यु भएको छ भने अर्का भारतीय नागरिक पक्राउ परेको बारा प्रहरीले जनाएको छ।...

मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

झापाको कचनकवल–४ केचना बजारमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । तीन गम्भीर घाइते भएका छन् । भारतीय नम्बर प्लेट बिआर३७सी ९००८ र बिआर३७इ १९९४ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा भारतीय नागरिक सञ्जीव सिंहको मृत्यु भएको हो । घाइते सिंहको उपचारका क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । सो दुर्घटनामा कचनकवल–४ का ३० वर्षीय प्रदीप गणेश, भारतीय नागरिक हरण गणेश र एमडी ओकिल मियाँ गम्भीर घाइते

महाकाली नदी किनारमा भारतीय नागरिक मृत फेला

महाकाली नदी किनारमा आज एक भारतीय नागरिक मृत फेला परेका छन् । मृत्यु हुनेमा भारतको उत्तराखण्ड प्रदेशस्थित पिथौरागढ जिल्ला ग्रामपञ्चायत पिपलीका ४० वर्षीय सञ्जय ज्याला रहेका छन् । ज्यालाको शव बैतडीको दशरथचन्द नगरपालिका–१० तिरखडेनीस्थित महाकाली नदी किनारमा भेटिएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । बिहान ७ बजेतिर स्थानीय बासिन्दाले ज्यालाको शव महाकालीमा तैरिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  मृतक ज्यालाको शव अहिले जिल्ला अस्पताल बैतडीमा राखिएक

टिपरमा मोटरसाइकल ठोक्किँदा जनकपुरधाममा एक जनाको मृत्यु

जनकपुरधाम – टिपरमा मोटरसाइकल ठोकिँदा जनकपुरधाममा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय भारतीय नागरिक आनन्दकिशोर दास रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए। आइतबार जनकपुरधामको पीडारीचोकमा मोटरसाइकल चालकले परिक्रमा सडकमा उल्टो साइडबाट गएपछि टिपरमा मोटरसाइकल पसेको प्रहरी उपरीक्षक रानाभाटले बताए। घटनापश्चात् टिपरमा आगजनी भएको र घटना सम्बन्धमा […]